IME Life New

असार ११ देखि आउने जीवन विकास लघुवित्तको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको जारी पूँजी रु. ६०,८४,००,००० को ३२ दशमलव ५० प्रतिशतले हुन आउने रु. १९,७७,३०,००० रकम बराबर प्रति शेयर रु.१०० अंकित दरका १९,७७,३०० कित्ता साधारण शेयर मध्ये ३०,४२० कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८,८६५ कित्ता शेयर (कुल निष्काशनको ५ प्रतिशत) सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने १८,४८,०१५ कित्ता साधारण शेयरहरुको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दैछ।

Crest

आवेदन दिने समय :
आईपीओ असार ११ गते देखि असार १५ गते सम्म खुल्ने छ । असार १५  गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असार १५ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा असार २५ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम १,००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

प्रधान कार्यालय :
यस कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय प्रदेश १, मोरङ्ग जिल्ला, कटहरी गाउँपालिका, वडा नं. २ मा रहेको छ।

कम्पनीको ईतिहास :
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड २०६९/०४/२६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५/११/०३ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी मिति २०७५/११/१६ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लिमिटेड, धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लिमिटेड, राजविराज बीचमा मर्जर कार्य सम्पन्न भई मिति २०७७/०५/२२ गतेदेखि एकीकृत कारोबार प्रारम्भ भएको छ ।

विगतमा उपरोक्त तिनवटै संस्थाहरुले गैर सरकारी संस्थाको रुपमा लघुवित्त सम्बन्धी कार्य गर्दै आईरहेको र पछि नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतप्राप्त गरी कार्य गर्दै आएको हो । गरिबी रहित नेपाल निर्माणको मुल ध्येयका साथ अगाडी बढेको यस कम्पनीले ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तरलाई माथि उठाउनका लागि विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यस कम्पनीका संस्थापक तथा सञ्चालकहरुमा वित्तीय क्षेत्र, सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवम् व्यवस्थापनमा लामो समयदेखि कार्यरत अनुभवी प्रतिष्ठित व्यक्तिहरु रहनु भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७७/१०/२९ पत्रानुसार आ.व. २०७६/०७७ सम्म यस वित्तीय संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा अद्यावधिक रहेको छ।

कम्पनीको शाखा संजाल :
हाल यस कम्पनीको १९ जिल्लामा रहेका १३८ वटा शाखा कार्यालय मार्फत ३,०२,३४७ परिवारहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

पुँजीको अवस्था :
अधिकृत पुँजी : रु १,००,००,००,००० (एक अर्ब )
जारी पुँजी : रु.६०,८४,००,००० (साठी करोड चौरासी लाख)

चुक्ता पुँजी ( आईपीओ अघि ) :रु४१,०६,७०,००० ( एकचालीस करोड छ लाख सतरी हजार)
चुक्ता पुँजी ( आईपीओ पछि ) : रु.६०,८४,००,००० ( साठी करोड चौरासी लाख)

हाल कम्पनीको चुक्ता पुँजी ४१ करोड ६ लाख ७० हजार रहेको र १९ करोड ७७ लाख ३० हजार बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी ६० करोड ८४ लाख हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ६७ दशमलव ५० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३२ दशमलव ५० प्रतिशत हुने छ।

 

संचालकको जानकारी :
संचालक समितिको अध्यक्षमा बिक्रम राज सुवेदी छन् । त्यस्तै संचालक समिति सदस्यमा श्याम चन्द्र खतिवड, प्रकाश कुमार श्रेष्ठ, ईन्द्र नारायण देव र सोनिला शाक्य रहेका छन्।

व्यवस्थापक :
लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा संजय कुमार मण्डल छन्  भने नायव प्रमुख कार्यकारी अधिकृतमा दामोदर रेग्मी छन्।

वित्तीय विवरण :
आर्थिक वर्ष ७६/७७ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा छ भने किताबी मूल्य ३०५ रुपैयाँ दशमलव २७ पैसा छ ।

प्रक्षेपित तथ्यांक अनुसार आर्थिक वर्ष ७७/७८ मा प्रति शेयर आम्दानी ९५ रुपैयाँ र किताबी मूल्य ३०७ रुपैयाँ हुन्छ। आर्थिक वर्ष ७८/७९ मा भने प्रति शेयर आम्दानी ८२ रुपैयाँ र किताबी मूल्य २८२ रुपैयाँ र आर्थिक वर्ष ७९/८० मा भने प्रति शेयर आम्दानी ६३ रुपैयाँ र किताबी मूल्य २६९  पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ। वित्तीय अवस्था हेर्दा कम्पनी एकदमै बलियो छ।

क्रेडिट रेटिङ्ग
स्वीकृत विवरण–पत्र अनुसार सर्वसाधारणहरुमा निष्काशन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि., डिल्लीबजार, काठमाण्डौंबाट क्रेडिट रेटिङ्ग गराई मिति २०७७/११/१७ मा “समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् तथा यस संस्थामा मध्यम क्रेडिट जोखिम रहने[ICRANP -IR] BBB- Prounced as ICRANP Issuer Rating Triple B Minus प्रदान गरेको छ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८÷११÷१६ सम्म रहनेछ । रेटिङ्ग संकेत पछाडी रहने + (जोड) वा – (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ ।

धितोपत्र निष्काशनबाट प्राप्त पूँजीको उपयोग
निष्काशनबाट प्राप्त हुने कुल रकम तल उल्लेखित विभिन्न क्षेत्रहरुमा प्रयोग हुनेछ :

नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS