काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले शेयरधनीलाई यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनकिो मंसिर २७ गते बसेको संचालक समितिको बैठकको निर्णयनुसार लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८१ को वासलात, तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब, शेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अन्य अनुसूचिहरु) उपर छलफल गरी स्वीकृतीको लागि आगामी बार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरिएको छ ।
1734066348208भिजन लुम्बिनी उर्जाका शेयरधनीको हात खाली

















