IME Life New

भारतीय व्यापारसमेत गु्म्ने भएपछि नेपाल पूनर्बीमाले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ गराउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सरकारी कम्पनीकाे हैसियतले मात्र छिमेकी मुलुक भारतमा समेत व्यापार गर्न अप्ठेराे परेपछि नेपाल पूनर्बीमा कम्पनीले पनि वित्तीय सबलतासम्बन्धी क्रेडिट रेटिङ अर्थात् अन्तर्राष्ट्रिय मूल्या‌ंकन गराउने भएकाे छ।

नेपाल पूनर्बीमाले अन्तर्राष्ट्रिय स्तरकाे रेटिङ सेवा उपलब्ध गराउनका लागी परामर्श दातृ संस्थाबाट आवेदन पेश गर्न आह्वान गरेकाे छ। नेपाल सरकारले खराब प्रतिवेदन आउने जाेखिमलाई आ‌ंकलन गर्दै सार्वभाैम रेटिङलाई पन्छाएपछि नेपाल पूनर्बीमा आफै‌ं रेटिङ गराउने भएकाे हाे ।

Esewa
Crest

रेटिङ सम्झाैता गरेकाे छ महिनाभित्र रेटिङकाे सबै अध्ययन अनुसन्धान गरिसक्नुपर्ने शर्त रहेकाे छ। यसबाहेक दुई साताभित्र प्रतिवेदन र प्रमाण पत्र हस्तान्तरण गर्नुपर्ने शर्त समेत रहेकाे छ।

भारतबाट नेपाल पूनर्बीमा कम्पनीले प्राप्त गर्दै आएकाे पूनर्बीमा व्यवसायमा पनि बन्देजकाे तयारी

अप्रिल ९ तारेखसम्ममा प्रस्ताव पेश गर्न सकिने नेपाल पूनर्बीमाले  जानकारी दिएकाे छ। नेपाल सरकारकाे सार्वजनिक खरिद कार्यालयकाे आधिकारिक वेबसाइटमार्फत् प्रस्ताव पेश गर्न सकिनेछ।

निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन रिइन्स्याेरेन्सले एक वर्षकाे अन्तरालमा दुई पटक रेटिङ गरी सक्दा स‌ंचालनमा आएकाे ८ वर्षपछि पहिलाे पटक नेपाल पूनर्बीमाले पहिलाे पटक रेटिङ गराउन चासाे देखाएकाे हाे ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS