IME Life New

भारतको स्वास्थ्य बीमाः अब सबै प्रक्रिया एउटै प्लेटफर्मबाट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले देशको स्वास्थ्य बीमा इकोसिस्टममा सकारात्मक परिवर्तनका लागि नयाँ प्लेटफर्म तयार गरेको छ।

राष्ट्रिय स्वास्थ्य दाबी आदान–प्रदान कार्यक्रमअन्तर्गत मन्त्रालयले नयाँ हेल्थ डिजिटल प्लेटफर्म तयार गरेको हो। जसमा देशका ठूला–साना अस्पताल, बीमा कम्पनीहरु जोडिने र अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य दाबी छिट्टै टुंगो लगाउन सकिनेछ।

Crest

हालसम्म ५२ भन्दा बढी स्वास्थ्य बीमा कम्पनीसँग वार्ता भइसकेको भारतका केन्द्रीय स्वास्थ्य सचिव अपूर्व चन्द्राले बताए। लगभग सबै महत्वपूर्ण स्वास्थ्य बीमा कम्पनीहरु यस प्लेटफर्ममा सामेल हुन तयार छन्। सरकारको यो नयाँ प्रयोगमा सामेल हुने निर्णय गरेका बीमा कम्पनीहरुलाई सम्पूर्ण प्रक्रियाबारे जानकारी गराइएको र छिट्टै राष्ट्रिय दाबी स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याइने उनको भनाइ छ।

भारतको स्वास्थ्य मन्त्रालयको यो प्रयास भनेको देशको स्वास्थ्य बीमा पारिस्थितिकी प्रणालीलाई सर्वसाधारणका लागि सहज बनाउनुका साथै प्रणालीमा पारदर्शिता ल्याउनु रहेको छ। त्यहाँ एउटै पोर्टल हुनेछ। जहाँ अस्पतालहरुले बिरामीहरुको दाबी फर्वार्ड गर्नेछन् र सोही पोर्टलबाट बीमा कम्पनीहरुले दाबीको विवरण लिने र स्वीकृति दिनेछन्।

यसबाट अस्पतालले प्रत्येक बिरामीका लागि प्रत्येक बीमा कम्पनीको पोर्टलमा जानुपर्दैन र कम्पनीहरुले एउटै पोर्टलमा सबै विवरणहरु प्राप्त गर्न सक्नेछन्। यसमा २५० देखि ३ ०० ठूला अस्पताल आबद्ध हुने विश्वास गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अस्पतालका प्रतिनिधिहरुसँग पनि बैठक गरेका थिए। हाल अस्पतालले आफ्नो वेबसाइटमा ५० भन्दा बढी बीमा कम्पनीहरुबाट दाबी तयार गरी प्रशोधन गर्नुपर्छ। बिरामीको विभिन्न कम्पनीहरुसँग दाबी छ र विवरणहरु प्रत्येक कम्पनीमा पठाउनुपर्छ। अस्पतालको इन्स्योरेन्स काउन्टरमा ठूलो भीडभाड हुँदा बिरामीका आफन्तले घन्टा कुर्नुपरेको छ।

यो पोर्टलको सुरुआतपछि दाबीहरु एउटै प्लेटफर्ममार्फत प्रशोधन गरिनेछ। अस्पताल र बीमा कम्पनीहरुले एउटै प्लेटफर्ममा जाँच गर्नेछन् र यसले प्रक्रियालाई गति दिनेछ।

भारतको बीमा नियामक र विकास प्राधिकरण (आईआडीएआई) ले पनि पहलको स्वागत गरेको छ। आयूष मन्त्रालयले पनि यस्तै पहल गर्ने तयारी गरेको छ। जनरल इन्स्योरेन्स कम्पनी र आयूष अस्पतालहरुलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयास भइरहेको छ।

भारतका कैयौं ठूला निजी अस्पतालमा जनताका लागि आयूष उपचार सुविधा सुरु भइसकेको भए पनि हाल बिरामीले स्वास्थ्य बीमा दाबीको सुविधा पाएका छैनन्। यदि बीमा कम्पनीहरु पनि आयूष उपचारमा संलग्न भएमा बिरामीहरुलाई पनि फाइदा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS