IME Life New

भारतः बीमा क्षेत्रमा नौ वर्षमा ८ खर्बभन्दा बढी वैदेशिक लगानी, शतप्रतिशत एफडिआइ खुला गरिंदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।भारतीय बीमा बजारमा ५ खर्ब ३९ अर्ब भारतीय रूपैयाँ अर्थात् ८ खर्ब ६४ अर्ब रूपैयाँ वैदेशिक लगानी भित्रिएको छ। इकोनोमिक्स टाइम्सका अनुसार डिसेम्बर २०१४ देखि जनवरी २०२४ को नाै वर्षको अवधिमा  यति ठूलो रकम वैदेशिक लगानीमार्फत् बीमा क्षेत्रमा भित्र्याइएको हो ।

भारतीय बीमा क्षेत्र पहिलो पटक सन् २००० मा निजी क्षेत्रका लागि खुला गरिएको थियो  त्यसबेला २६ प्रतिशत विदेशी लगानी खुल्ला गरिएको थियो । त्यसपछि सन् २०१४ मा २६ प्रतिशत र सन् २०१५ मा ४६ प्रतिशत र सन् २०१७ मा ७४ प्रतिशत कायम गरिएको थियो । बीमा मध्यस्थता व्यवसायका लागि सन् २०१९ देखि शत प्रतिशत वैदेशिक लगानी खुल्ला छ।

Crest

यसैबीच भारतमा बीमा क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको अधिकत्तम सीमा हटाउने विषयमा नीतिगत तहमा छलफल शुरू भएको छ। भारतीय वित्त मन्त्रालयको पहललाइ भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले समेत समर्थन जनाएको छ।

टाइम्स अफ इण्डियाका अनुसार बीमा क्षेत्रमा वैदेशिक लगानीलाई सहजीकरण गर्न, विदेशी लगानीका बीमकको उच्च पदस्थ तहमा केही भारतीय जनशक्ति सुनिश्चित गर्ने लगायतको नियमहरूका बारेमा छलफल भइरहेको छ। प्रस्तावित प्रावधानमा सहमति भएमा बीमा ऐनमा संशोधन आवश्यक हुनेछ।

भारतमा बीमाको पहुँच आर्थिक वर्ष २०१३।१४ मा ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२२।२३ मा ४ प्रतिशत पुगेको छ । त्यसैगरी कुल बीमाशुल्कका बीमाको घनत्व ५२ अमेरिकी डलर प्रतिव्यक्तिबाट ९२ डलर प्रति व्यक्ति कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS