IME Life New

भाउ नबढ्दै राम्रो कम्पनीको सस्तो शेयर हात पार्ने मौका

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर विश्लेषण

काठमाडौं । अहिले शेयरको भाउ घटेर तल्लो विन्दुमा आएको छ भने दैनिक कारोबार रकमसमेत न्यून हुँदै गएको छ। यस्तो अवस्थालाई धेरैले ठूलो मात्रामा शेयर बेच्न नचाहेको र किन्नेहरु पनि उत्साहित नरहेको भनेर बुझ्नुपर्छ।

Crest

यस्तो बेलामा हातमा पैसा भएका लगानीकर्तालाई छानी–छानी मूल्य घटेका राम्रा कम्पनीको शेयर किन्ने अवसर छ। आफ्नो लगानी रणनीति बनाएर राम्रा कम्पनीको सस्तो शेयर हात पार्ने मौकाकै रुपमा अहिलेको अवस्थालाई लिनुपर्छ।

नेपाली सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान कस्तो छ भने शेयरको मूल्य घटेर तल आएको बेला किन्न डराउँछन् र मूल्य उचालिन थालेर सर्किट माथि सर्किट लाग्न थालेपछि भनेर आँखै नहेरी अनि विचारै नगरी जे पायो त्यही खराब कम्पनीको शेयर किनेर फस्छन्। नेपालका सर्वसाधारण लगानीकर्ताको यस्तो मनोविज्ञान पटक–पटक परीक्षण भएको छ र खराब कम्पनीका शेयरहरु महँगो मूल्यमा किनेर फुर्सदमा पछुताउने लगानीकर्ताको संख्या अहिले पनि अधिक छ।

संस्थागत लगानीकर्ता भने अहिले मूल्य बढ्नै नदिईकन शेयर किनिरहेका छन् र उनीहरुका तर्फबाट बिक्री शून्य बराबर छ तर सर्वसाधारण लगानीकर्ता भने दसैँ खर्चको जोहोको नाममा शेयर बिक्री गरिरहेका छन् भन्ने कुरा स–साना बिक्री कारोबारले प्रस्ट पार्छ। व्यक्तिगततर्फका केही ठूला लगानीकर्ता या त पहिले नै शेयर किनेर बसेका छन् या त किन्ने तयारीमा छन्। जब संस्थागत र ठूला व्यक्तिगत लगानीकर्ताले शेयर किनिसक्छन्, त्ययसपछि हल्लाखल्ला सुरु हुन्छ र साना व्यक्तिगत लगानीकर्ता झुम्मिन्छन्। खेलाडीले जुन शेयरमा बढी हल्ला गर्छ, उनीहरु त्यतै ओइरिन्छन्, जसरी बत्ती बलेपछि साँझमा कीराहरुको धुइरो लाग्छ।

शेयर बजारमा फसेर थेग्न नसक्ने घाटा खाना नचाहनेहरुका लागि भने शेयरको मूल्य घटेर तल आएको बेला राम्रो कम्पनीको शेयर सस्तो मूल्यमा किन्ने सुनौलो अवसर हो। आफ्नो रणनीति बनाएर जोखिम बहन क्षमता विचार गरी सुझबुझपूर्ण लगानी गर्ने लगानीकर्ताले त शेयरको मूल्य बढ्न थालेपछि बेचेर नाफा सुरक्षित पो गर्छन्। धेरै सस्तो मूल्यमा राम्रो कम्पनीको शेयर किनिएको छ भने नबेचेरै राख्दा पनि फाइदा नै हुन्छ। कारोबारी हुन् वा दीर्घकालीन लगानीकर्ता हुन्, दुवैका लागि शेयरको मूल्य घटेका बेला नै किन्ने अवसर हो।

अहिले केही लगानीकर्ताले सिमेन्टलगायतका उत्पादनमूलक कम्पनीको शेयर खरिदमा चासो दिएका छन्। उनीहरुले आगामी दिनमा निर्माण क्षेत्र चलायमान हुने, सिमेन्टको मूल्य र कारोबार दुबै बढ्दा आफ्नो कम्पनीले राम्रो लाभांश दिनसक्ने आँकलन गरेका हुन सक्छन्। हालैको बाढीपहिरोका कारणले भौतिक संरचनाहरुमा पुगेको क्षतिको आँकलन गरी सिमेन्टको कारोबार बढ्ने संकेत देखेका हुन सक्छन्।

त्यसैगरी वाणिज्य बैंक र विकास बैंकहरुको पनि नाफा आगामी त्रैमासहरुमा बढ्ने आँकलनका साथ ती कम्पनीहरुमा लगानी बढाउनेहरु पनि सक्रिय हुन सक्छन्। अहिलेको बाढीले केही क्षति पुर्याए पनि जलविद्युत कम्पनीहरु लगानीका आकर्षक क्षेत्र हुने छन् भने बीमा, होटलहरुको शेयरमा पनि आगामी दिनमा राम्रो आकर्षण पैदा हुन सक्छन्। लामो समयदेखि सुस्ताएको लघुवित्त क्षेत्रले कस्तो प्रगति गर्छ भनेर आम लगानीकर्ताहरु चासोका साथ हेरिरहेका छन्।

घटेको अहिलेको बजारमा नेप्से सूचक नहेरी कम्पनीको अवस्था र शेयर मूल्य हेरेर लगानीसम्बन्धी रणनीति तय गरेमा आगामी दिनमा पछुताउनु पर्दैन। नेप्से बढ्ला या नबढ्ला तर लगानीकर्ताले क्षेत्रगत रुपमा कम्पनीका शेयर मूल्यहरुमा उतारचढाव भने ल्याई नै रहने छन्।

बजारमा रहेको अधिक तरलता, ८ प्रतिशत हाराहारीकै ब्याज दरमा शेयर धितो कर्जा पाउन सक्ने अवस्था, अन्यत्र बैंकको लगानी जान नसक्ने स्थिति, शेयर बजारलाई बढोत्तरी गर्ने सरकारको सोचलगायतले राम्रा तथा सस्ता कम्पनीको भाउ उचाल्न चाहनेहरुलाई मैदान खुला नै छ। तर, नेप्से सूचकको ठेक्का लिएर हिँड्न थालियो भने चाहिँ नेपालको बजारबाट कमाइँदैन। त्यसैगरी पाँचभन्दा बढी कम्पनीमा लगानी छरेर गइयो भने पनि अपेक्षित लाभ लिन सक्ने सम्भावना कमजोर हुन्छ।

शेयर बजारमा लगानी गर्दा पुँजीगत लाभमात्र नहेरी लाभांश पनि दिसक्ने बलियो कम्पनी छान्नु अपरिहार्य छ। पुँजीगत लाभ र लाभांश दुवै नहेरी हकप्रदको पछि मात्र कुदेर उचालिएर शेयर किन्नेहरु त झन् फस्छन्।

जे गर्ने हो, आफ्नै सोच, विचार, अध्ययन, रणनीतिक कौशल र जोखिमबहन क्षमता विचार गरी गर्नुपर्छ। अरुको लहैलहैमा हिँड्ने र नचाहिँदो ढंगले उचालिने लगानीकर्ताहरु त यो बजारमा फस्ने नै हो। फस्नबाट जोगिएर बजारको घटाइबाट लाभ लिन सक्नेले नै जित्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS