IME Life New

भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापार पौने ८ अर्ब, कुन कम्पनीले कति गरे (सूचिसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुले कुल ४ लाख ४५ हजार ३६९ वटा बीमा लेख विक्री गरी ७ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएका हुन् । भदौ महिनामा मात्रै कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब २० करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा शिखर इनस्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ६७ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Crest

तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ५८ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चौथोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ५६ करोड ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ५४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस अवधिसम्ममा नेको इन्स्योरेन्स कम्पनीले ५३ करोड ९७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ४३ करोड २५ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ४१ करोड १३ लाख, नेपाल यन्स्योरेन्सले ३१ करोड ५२ लाख,ओरिएण्टल इन्स्योरेन्सले ३१ करोड ४४ लाख, अजोड इन्स्योरेन्सले ३१ करोड ३१ लाख, लुम्बिनी जनरलले ३० करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी यस अवधिसम्ममा प्रभु इन्स्योरेन्सले २९ करोड ८५ लाख, आइएमई जनरलले २८ करोड १८ लाख, नेशनल इन्स्योरेन्सले २५ करोड ९९ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले २५ करोड ४३ लाख, य्रनाइटेड इन्स्योरेन्सले २० करोड १३ लाख, जनरल इन्स्योरेन्सले १८ करोड ८८ लाख र सानिमा जनरलले १८ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

0%

दु :खी

29%

अचम्मित

14%

उत्साहित

14%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS