IME Life New

ब्रोकरलाई मार्जिन कारोबारको लागी बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अब देखि सेयर ब्रोकरले नै सेयर धितोमा कर्जा दिन पाउँने भएका छन् । नेपाल धितोपत्र बोर्डले शुक्रबार परिपत्र जारी गर्दै सेयर कर्जा सम्बन्धी व्यवस्था मिलाउँन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको हो । बोर्डले अर्थ मन्त्रालयले गठन गरेको मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृतिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि श्रोता व्यवस्थापन सम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यन्वयन गर्ने क्रममा उक्त निर्देशन दिएको हो ।

बोर्डको निर्देशन अुनसार धितोपत्र दलालले मार्जिन कारोवार सुविधा अन्तर्गत ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर सम्बन्धमा धितोपत्र दलाल र ग्राहकबीच हुने सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ । स्टक ब्रोकरले मार्जिन कारोवार सुविधा उपलब्ध गराए वापत ग्राहकसँग लिने व्याजको दरबारे बोर्ड र नेप्सेलाई पूर्व जानकारी गराउनुपर्नेछ । धितोपत्रको मार्जिन कारोवार सुविधाका विविध पक्षहरु बारे सुसूचित नभई लगानी गरेमा मार्जिन कारोवार जोखिमपूर्ण हुने हुँदा यो सुविधा लागू गर्नुअघि यस सम्बन्धमा लगानीकर्ताहरुलाई पर्याप्त जानकारी दिन नेप्सेले सचेतनामूलक कार्यक्रम संचालन गर्ने साथै धितोपत्र दलाल व्यवसायीमार्फत समेत सचेतनामूलक कार्यक्रम संचालन गर्ने गराउने व्यवस्था मिलाउन समेत बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।

Esewa
Crest

साथै बोर्डले मार्जिन कारोवार सुविधाको कार्यान्वयनलाई स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धी बनाउन मार्जिन कारोवारको सुपरीवेक्षणको जिम्मेवारी पनि नेप्सेलाई नै दिएको छ ।

धितोपत्रको दोश्रो बजार मार्फत लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई अन्तर्राष्ट्रिय अभ्यास अनुरुप मार्जिन कारोवार सुविधा उपलब्ध गराउने, दोस्रो बजार कारोबारमा तरलता अभिबृद्धि गर्ने तथा धितोपत्र दलाल व्यवसायको दायरा विस्तार गर्ने उद्देश्यले वोर्डले २०७४ कार्तिक २० मा मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन, २०७४ जारी गरेको थियो । सोही बमोजिम नेपाल स्टक एक्सचेञ्जले २०७५ वैशाख १९ मा “मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५” तर्जुमा गरेको थियो ।

तर, मार्जिन कारोवार सुविधा अभ्यासमा आएपश्चात मार्जिन कारोवारको लागि धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर सम्बन्धमा कुनै अस्वाभाविक स्थिति आएमा बोर्डले आवश्यक हस्तक्षेप (इन्र्टभेन्सन) तथा नियमन, सुपरिवेक्षण गर्न सक्नेछ । यसका साथै वोर्डको मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन, २०७४ र नेप्सेले वनाएको मार्जिन कारोवार सुविधा सम्वन्धी कार्यविधि, २०७५ सहित मार्जिन कारोवार सुविधा सम्वन्धमा वोर्डले गरेका व्यवस्थावारे नेपाल राष्ट्र वैकलाई जानकारी गराउने उक्त वोर्ड वैठकको निर्णयानुसार सो वैंकलाई पत्रमार्फत समेत जानकारी गराईएको बोर्डले बताएको छ।

मार्जिन कारोबार सुविधामा ऋणको ब्याजदर तथा अनुगमन सम्वन्धी व्यवस्था गरिएको सम्वन्धमा धितो पत्र बोर्डले जारी गरेको प्रेस विज्ञप्ती जस्ताको तस्तै…
http://sebon.gov.np/uploads/uploads/EqXhn89nJlcMumWy95uYaIq0MtKa6nTLkYJD6dDc.pdf

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS