IME Life New

ब्रोकरको काम गर्न इच्छुक वाणिज्य बैंकका सहायक कम्पनीलाई १५ दिनभित्र आवेदन दिन आह्वान गर्यो नेप्सेले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर ब्रोकरको काम गर्न इच्छुक वाणिज्य बैंकका सहायक कम्पनीहरुसँग १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । नेप्सेले सूचना जारी गर्दै इच्छुक कम्पनीले १५ दिनभित्र ५ हजार रुपैयाँ दस्तुरसहित निवेदन पेश गर्नुपर्ने जनाएको छ ।

नेप्सेले ‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमति पत्रका लागि सिफारिस कार्य्विधि, २०७६’ बमोजिम निवेदन पेश गर्न जनाकारी दिइसकेको छ ।
राष्ट्र बैंकले १० वटा बैंकलाई ब्रोकरको काम गर्न अनुमति दिइसकेको छ । ब्रोकर सेवा उपलब्ध गराउन वाणिज्य बैंकहरु पनि इच्छुक देखिएका छन् । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये १९ वटाले सहायक कम्पनी खोलेर सेयर ब्रोकर सेवा उपलब्ध गराउन अनुमति माग्दै राष्ट्र बैंकमा निवदेन दिएका छन् ।

Esewa
Crest

राष्ट्र बैंकबाट अनुमति पाएका बैंकहरुले अब सहायक कम्पनी खोल्नुपर्नेछ । त्यसपछि नेप्सेले आवश्यक अध्ययन गरी क्रमशः अनुमति दिंदै जानेछ । प्रक्रिया पूरा गरेर आएका बैंकहरुलाई केही समयपछि नै अनुमति दिने तयारी भइरहेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS