IME Life New

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको नौ बुँदे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई नौ बुँदे निर्देशन जारी गरेको छ । आज राष्ट्र बैंकले एक सूचना जारी गर्दै सर्वसाधारणले बैंकमा राखेको रकम सहज रुपमा झिक्न पाउने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

त्यसैगरी सरकारले कोरोना भाइरसको संक्रमणवाट नागरिकलाई सुरक्षित राख्न यही चैत ११ देखि मिति १८ सम्म मुलुकभर अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न भनिएको अवस्थामा राष्ट्र बैंकले प्रत्येक प्रदेशका स्थानीय सरकारसँग समन्वयन गरेर सकेसम्म केही शाखाहरु नियमित रुपमा थोरै कर्मचारीद्धारा संचालनमा ल्याउन र खोलिएको शाखा कार्यालयको विवरण तथा सम्पर्क व्यक्तिको सम्पर्क नम्बर बैंकको वेबसाइट र शाखा कार्यलयको मुल ढोकामा टाँस्न भनिएको छ ।

Esewa
Crest

त्यस्तै भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको व्यवस्था मिलाउन एवं अत्यावश्यक बस्तुहरुको आपूर्तिलाई सुनिश्चितता प्रदान गर्न तथा ड्राफ्ट, टिटि, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु सञ्चालन गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी, वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई बुझाउनुपर्ने रिपोर्टहरु परिस्थिति सामान्य भइ नियमित कार्यालय सञ्चालन भएको ७ दिनभित्र पेश गर्नुपर्ने लयातका ९ बुँदै निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS