IME Life New

बैंक इन्ट्रिग्रेसन भए पनि अनलाईन कारोबार भएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको अनलाईन सेयर कारोबारका लागी बैंक इन्ट्रिग्रेसन भए पनि अनलाईन कारोबार भने हुन सकेको छैन । नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार अनलाईन मार्फत १ लाख भन्दा बढी करोबार गर्न नसकिने हुँदा लगानीकर्ताहरुले अनलाईन कारोबारको प्रयोग नगरेको स्टक ब्रोकर एशोसियशनका अध्यक्ष भरत रानाभाटले बताए ।

अनलाईन कारोबार गर्न चाहने लगानीकर्ताको लगानी सिमा ठूलो हुन्छ । १ लाख रुपैयाँ कारोबार कुनै औचित्य नभएकोले पनि लगानीकर्ताले अनलाईन कारोबार प्रयोग नगरेको हुन सक्ने उनले बताए ।

Esewa
Crest

हाल चार वटा बैंक इन्ट्रिग्रेसन भएका छन् । ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेण्ट बैंक, सिद्धार्थ र प्रभु बैंक अनलाईन कारोबारको लागी इन्ट्रिग्रेट भएका छन् । तर, केन्द्रिय बैंकको कारोबार सिमाको प्रावधानले लगानीकर्ता अप्ठेरोमा परेका छन् । तसर्थ अनलाईन कारोबारका लागी राष्ट्र बैंकको प्रावधानलाई लचिलो बनाउँनका लागी पहल गर्न ब्रोकरहरुले नेप्सेलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS