IME Life New

बैंकहरुले व्याजदर घटाउदा नेपाल इन्फ्राष्ट्रक्चर बैंकको मुनाफामा ७.७२ प्रतिशतले गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले निक्षेपको व्याजदर घटाउदा नेपाल इन्फ्राष्ट्रक्चर बैंकको मुनाफा ७ दशमलब ७२ प्रतिशतले घटेको छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ३५ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा ४० करोड २७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

पुर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको बैंकले आफ्नो पुँजी तथा स्रोत पुर्वाधार क्षेत्रमा लगानी गर्न नसक्दा बैंकहरुको व्याजमा निर्भर हुनु परेको हो। बैंकहरुले पुस मसान्तसम्ममा १० अर्ब १६ करोड रुपैयाँको कर्जा लगानीका लागि स्वीकृति दिएको छ। कर्जा स्वीकृति दिए पनि उक्त कर्जा प्रवाह हुन अझै केहि वर्ष लाग्छ। सम्बन्धित पुर्वाधार कम्पनीहरुले पुर्वाधार निर्माणको विभिन्न चरणमा उक्त पैसा लैजाने भएकाले अहिले नै कर्जा प्रवाह हुन नसकेको बैंकले जनाएको छ।

Esewa
Crest

गत महिना सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँको प्राथमिक शेयर जारी गरेको बैंकको स्रोत थप बृद्धि भएको छ। तर कर्जा लगानीका लागि अझै पुर्वाधार भने भेट्टाउन सकेको छैन।

बैंकले ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। हाल बैंकले विभिन्न बैंकहरुमा १३ अर्ब ४३ करोड रुपैयाँ निक्षेपको रुपमा जम्मा गरेर राखेको छ। यस्तो रकम गत वर्षको भन्दा १८ प्रतिशतले बढेको छ। बैंकको कष्ट अफ फण्ड ९.४० प्रतिशत रहेको छ। तर बैंक तथा वित्तीय संस्थामा पाउने मुद्दती निक्षेपको व्याजदर भने ७ प्रतिशत भन्दा धेरै छैन। नाफामा गिरावट सँगै प्रतिशेयर आम्दानी ५ रुपैयाँमा खुम्चिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS