IME Life New

बैंकमार्फत गरिएको जीवन बीमाको नविकरणमा समस्या, स्थिति जटिल बन्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नियमन हुनुअघिसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले एजेन्ट कोड लिई गरेको जीवन बीमाको नविकरण शुल्क भुक्तानी गर्न समस्या परेको छ । बैंकका ऋणी तथा अन्यले बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानीमा समस्या देखिएको हो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ रमेश कुमार भट्टराई बैंकमार्फत भएका बीमाको नविकरणमा समस्या आउने स्वीकार गर्दछन् । उनले भने, “समस्या त आई नै हाल्छ, स्वच्छाले नगरिएका कारण त्यस्ता बीमा नविकरणमा समस्या आउँछ नै ।” सिईओ भट्टराईले हाल बैंकास्योरेन्स बन्द भएपनि गरिसकेको बीमालेखलाई नविकरण गर्न बैंकले नै भूमिका खेल्नुपर्ने बताए । १० वर्षको एजेन्टको सेवा दिने शर्तमा बैंकले बीमित र बीमा कम्पनीबीचमा भएको कारोबारबाट कमिशन लिइसकेपछि भाग्न नमिल्ने महालक्ष्मीका सिईओ भट्टराईको तर्क छ ।

Esewa
Crest

एक जीवन बीमा कम्पनीका सिईओले इन्स्योरेन्स खवरसँग गुनासो गर्दै भने, “कुरा निकै जटिल छ, बैंकमार्फत भएका बीमाको प्रिमियम संकलनमा समस्या भइसकेको छ ।” ड्रपआउट हुने क्रम बढिरहेको बीमा कम्पनीहरुको भनाइ छ । यकिन तथ्याङ्क केही समयपछि मात्रै आउनेछ ।

अधिकांश बीमा कम्पनीका अधिकारीहरु बैंकमार्फत भएका बीमाको नविकरण शुल्क भुक्तानीमा समस्या रहेको बताउँछन् । बैंकमार्फत भएका बीमाको नविकरण गर्ने बेला भइसकेको छ, ऋण लिने बाहना तथा दवावपूर्ण तरिकाले भएका बीमाहरु ड्रपआउट हुने चरणमा रहेको देखिएको छ ।

सन नेपाल लाईफका प्रमुख कार्यकारी तथा लामो समय बीमा समितिमा काम गरेका राज कुमार अर्यालले बैंकमार्फत भएको बीमा दवावपूर्ण तरिकाले गरिएकाले उनीहरुको आर्थिक अवस्था, सचेतनाको अवस्थामा सुधार नभए नियमित गर्न नसकिने बताउँछन् । नियमनकारी निकायले विशेष अभियान सञ्चालन गरेर हाल बन्द रहेको बैंकास्योरेन्समार्फत बीमा गरेकालाई बीमा नियमित गर्न सघाउनुपर्ने उनको धारणा छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत बैंकास्योरेन्समाथि रोक लगाउँदै ऋण लिने ऋणीको हकमा मात्रै बैंकले बीमा गर्न सक्ने व्यवस्था गरेको थियो । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले बैंकास्योरेन्स शाखा नै बन्द गरिसकेका छन् । बैंकका बैंकास्योरेन्स शाखा बन्द भएसँगै बैंकमार्फत जीवन बीमा गरेकाहरुको बीमा शुल्क नियमित हुन सकेको छैन ।

जीवन बीमा एक पटक मात्रै गर्ने बचत होइन । त्रैमासिक, अर्धबार्षिक तथा बार्षिक रुपमा शुल्क भुक्तानी गर्ने गरी अनिवार्य बचत गर्ने शर्तमा जीवन बीमा गरिएको हुन्छ । सामान्यतया जीवन बीमा शुरु गरेको दुई वर्षसम्म थप बचत गरी नियमित नगरेमा बीमा रद्द गरी समर्पण मूल्य फिर्ता लिन, वा ऋण लिन समेत नपाइने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS