IME Life New

बैंकको मुद्दति निक्षेपमा बीमकको सवा ६ खर्ब लगानी, एक वर्षमा साढे १७% ले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी साढे १७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को कात्तिकसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।

२०८१ कात्तिकसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ खर्ब २३ अर्ब ५३ करोड ८७ लाख रुपैयाँ लगानी गरेका छन्। २०८० असोजसम्म बीमा कम्पनीहरुको लगानी ५ खर्ब ३० अर्ब ८५ करोड ३६ लाख रुपैयाँ थियो। पछिल्लो १ वर्षको अवधिमा बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा गरेको लगानी १७.४६ प्रतिशतले बढेको छ।

Crest

यसैगरी समीक्षा अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी १४.५० प्रतिशतले बढेर १ खर्ब ८२ अर्ब २० करोड ३४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कात्तिकसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ५९ अर्ब १३ करोड ४६ लाख रुपैयाँ रहेको थियो।

२०८१ कात्तिकसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी ५४.०५ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कात्तिकसम्म बैंकहरुमा नागरिक लगानी कोषको ८५ अर्ब ५२ करोड ९९ लाख रुपैयाँ थियो।

२०८१ कात्तिक मसान्तसम्म व्यक्तिगत निक्षेपको आकार पनि १३.१३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कात्तिसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३६ खर्ब ८६ अर्ब ९५ करोड १८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ४१ खर्ब ६० अर्ब ९७ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS