IME Life New

बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइनको ८५ प्रतिशत काम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

लक्ष्मण पौडेल

बुटवल। कात्तिक बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भैरहवा-लुम्बिनी क्षेत्रमा विद्युत्‌काे अभाव हटाउन छ वर्षअघि सुरु गरिएको आयोजनाको निर्माण करिब अन्तिम चरणमा पुगेको हो ।

आयोजनाका अनुसार अहिलेसम्म करिब ८५ प्रतिशत काम पूरा भएको छ । अहिले मैनहिया सबस्टेशनमा ३० वटा टावर ठड्याइएको छ । टावर आएसँगै केही महिनादेखि रोकिएको काम सुरु भइसकेकाे छ । अब भारतबाट ३३ केभीएका दुईवटा ट्रान्सफर्मर आउन बाँकी छ । आगामी डिसेम्बरसम्म ट्रान्सफर्मर आइसक्ने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए ।

Crest

‘अब ट्रान्सफर्मर जडान गरिसकेपछि विद्युतीय तार बिछ्याउनका लागि अन्डरग्राउन्डको काम सुरु हुन्छ, मंसिरमा अन्डरग्राउन्डको काम सुरु गर्नेगरी तयारी गरिरहेका छौं’, उनले भने । अन्डरग्राउन्डको काम सुरु भएको तीन महिनापछि आयोजना निर्माण पूरा हुने पाण्डेले बताए ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा-लुम्बिनी औद्योगिक करिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो । प्रसारण लाइन बनेपछि ती क्षेत्रहरुमा प्रयाप्त विद्युत पुग्नेछ ।  योगीकुटीबाट सवस्टेशन रहेको मैनहियासम्म विद्युत् पुर्‍याउन ५६ वटा विद्युत् पोल गाड्नुपर्नेमा ५५ वटा पोलका लागि फाउन्डेशन बनिसकेको छ । अब एउटा पोलको मात्र फाउन्डेशन निर्माण गर्न बाँकी छ ।

फाउन्डेशन सकिएलगत्तै पोल गाडिनेछ । आयोजना सुरु भएलगत्तै चार वर्ष जग्गाधनीको अवरोध र बाँकी दुई वर्ष कोरोना महामारीका कारण आयोजना लम्बिन पुगेको पाण्डेले बताए ।

सरकारले आयोजना सुरु गर्दा तीन वर्षमा सक्ने लक्ष्य राखेको थियो । आयोजनाको लागत एक अर्ब २० करोड छ । आयोजना सुरु हुनासाथ विद्युत् विस्तारका लागि जग्गा प्राप्ति गर्ने क्रममा स्थानीयले असहयोग गर्दा ढिलाइ हुन पुगेको आयोजना प्रमुख पाण्डे बताउँछन् ।

बुटवल-लुम्बिनी १३२ केभी यो आयोजनाबाट लुम्बिनी क्षेत्र र अमुवाका लागि एक एकवटा र भैरहवामा औद्योगिक फिडरका लागि ३३ केभीएका दुईवटा ट्रान्समिशन लाइन जडान हुनेछन् ।

त्यस्तै तिलोत्तमा नगर क्षेत्र र स्थानीयका लागि ११ केभीएका दुईवटा ट्रान्समिशन लाइन जडान हुनेछन् । आयोजनाका प्रशासन प्रमुख नवीन आचार्यले एउटा फाउन्डेशन निर्माणमा जग्गा विवादले रोकिन पुगेको र अब विवाद हटिसकेको र फाउन्डेशनको काम सकिएलगत्तै पोल गाड्ने काम सुरु हुने बताए ।

भैरहवा-लुम्बिनी क्षेत्रमा धेरै पहिलेदेखि विद्युत्‌को समस्या रहँदै आएको छ । प्रसारण लाइन नहुँदा भारतबाट आयातित विद्युत् भैरहवावासीले प्रयोग गर्दै आएका छन् । अब यो आयोजना बनेपछि विद्युत् समस्या हट्ने सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुलप्रसाद लामिछानेले बताए ।्

आर्थिक वर्ष २०७२/०७३ मा बुटवलको योगीकुटीबाट तिलोत्तमा हुँदै मैनहियासम्म लैजाने गरी आयोजना सुरु भएको थियो । जसमा सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडकको किनारमा मोनोपोल (सिंगल पोल) राख्ने तयारी थियो । तिलोत्तमावासीले सडक छेउबाट विद्युत् लैजाँदा मानवीय जोखिम हुने भन्दै मोनोपोल विस्तार गर्न दिएनन् । जसका कारण प्रसारण लाइन विस्तारको काम दुई वर्षसम्म रोकियो । सडकको सट्टा तिनाउ नदीको किनारबाट रुट तय गरेर विद्युत् विस्तार थालिए पनि स्थानीयले फेरि अवरोध गरे । त्यो अवरोध पनि सहमतिमा टुंगिएकाले आयोजना अगाडि बढेको हो ।

यस रूटमा सामुदायिक संस्था र सामुदायिक वनले समेत पोल गाड्ने जग्गा नदिँदा आयोजनाले केही महिना समस्या झेलेको थियो । लुम्बिनी कोरिडोरका उद्योगलाई प्राधिकरणले माग गरेअनुसार विद्युत् दिन सकिरहेको छैन । विद्युत लोडकै कारण भैरहवा र लुम्बिनी क्षेत्रमा आपूर्ति नियमित हुन सकिरहेको छैन । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS