IME Life New

बीमा समितिका ८० जना कर्मचारीको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले समितिमा आवद्ध सबै कर्मचारीहरुको कोभिड–१९ (कोरोना बीमा) गराएको छ । सोमबार समितिले आइएमई जनरल इन्स्योरेन्स मार्फत ८० जना कर्मचारीको एकलाख बीमाङ्कको कोरोना बीमा गराएको हो ।

Esewa
Crest

हाल बीमा समितिमा ८० जना कर्मचारीहरुको कार्यरत छन् । आईतबार कोभिड–१९ को बीमा योजना शुभारम्भ कार्यक्रममा समितिका अध्ययक्ष चिरञ्जीवी चाँपागाईले उक्त बीमा योजना सगरमाथाबाट खरिद गरेका थिए । जुनसुकै कम्पनीबाट खरिद गरेपनि कोरोना बीमा पुलमार्फत व्यवस्थापन गर्ने हुँदा सामूहिक रुपमा सबै कम्पनीले जोखिम बहन गर्नेछन् ।

समितिले सम्पूर्ण कर्मचारीहरुको सामूहिक बीमा अन्तर्गत एक लाख रुपैयाँको बीमालेख खरिद गरेको हो । जस अन्तर्गत समितिले प्रति कर्मचारी ६ सय रुपैयाँका दरले ५४ हजार रुपैयाँ र टिकटको २० रुपैयाँ भुक्तानी गरेको छ । यस बीमालेखले कर्मचारीहरुलाई एक बर्षसम्म सुरक्षण प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS