IME Life New

बीमा सचेतनाका कार्यक्रम शहर केन्द्रित मात्र हुनुहुँदैन-सुरेन्द्र गिरी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सुरेन्द्र गिरी,एजेन्सि म्यानेजर, महालक्ष्मी लाइफ इन्स्योरेन्स

चितवनका सुरेन्द्र गिरी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सि म्यानेजर हुन् । महालक्ष्मी लाइफले कारोबार शुरुवात गरेसँगै सुरेन्द्रको अभिकर्ता पेशाको यात्रा शुरु भएको थियो । “महालक्ष्मीले जहिलेदेखि कारोबार शुरु गर्यो, त्यो बेलादेखि नै यसै कम्पनीमा आवद्ध रहदैँ आएको सुरेन्द्रले बताए ।”

अभिकर्ता स्वतन्त्र पेशाहो, सुरेन्द्र भन्छन्, “स्वतन्त्र रुपमाकामगर्न पाउने, आफ्नो आवश्यकतालाई हेरेर आम्दानीगर्न सक्ने विशेषता देखेर यस पेशामा आवद्ध हुन् पुगे ।” सुरेन्द्रको आफ्नै व्यवसायगर्ने सोच थियो । त्यहि सोच र विचारलाई पूरा गर्न अभिकर्ता पेशा रोजेको उनले बताए ।

Crest

अभिकर्ता पेशामा आउनु अगावै मार्केटिङ फिल्डमा काम गर्दै आईरहेका गिरीले होटल व्यवसाय पनि सम्हाल्दै आएको बताए ।

टिम, एजेन्सि सिस्टम र अरुलाई सेवा पुर्याउने पेशाभएकै कारण आफु अभिकर्ता पेशमा जोडिएको उनले दाबी गरे ।
सुरेन्द्र भन्छन्, “कुनै व्यक्तिले यत्तिकै फजुलखर्च गरेर सकाउने रकमलाई बीमाको माध्यमबाट बचत गर्न सिकाउने र परि आएको जोखिमलाई सामना गर्न सक्ने वातावरणको सृजना अभिकर्ताले गरेका हुन्छन्, त्यसैले त अभिकर्ता पेशा सामाजिक सेवा हो ।”

“शुरुमा आफ्नै बीमा गरे पछि मैले एक जना दिदिको बीमा गराएको थिए । ”

बीमा अभिकर्ताको लाइसेन्स लिईसके पछि सुरेन्द्रले आफ्नै बीमा गरेको बताए । पहिलो बीमा गराउँदा खासै गाह्रो महशुस नगरेका सुरेन्द्र भन्छन्, “शुरुमा आफ्नै बीमा गरे पछि मैले एक जना दिदिको बीमा गराएको थिए । ”
यस पेशामा जोडिनु पूर्व बीमाबारे विस्तृत जानकार नरहेका सुरेन्द्र भन्छन्, बीमाबारे त्यत्ति धेरै जानकार नभए पनि बीमाबारे केही कुराहरु चाँही सुनेको थिए ।

सुरेन्द्रले यूनियन लाइफ इन्स्योरेन्सको एजेन्सि कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सको बारेमा केही जानकारी पाएका थिए । किन पुरानोमा गर्ने, नयाँ कम्पनीमा अवसर पनि हुन्छ भन्ने मनसायले यस कम्पनीमा जोडिन पुगे । सुरेन्द्रले भने ।
अभिकर्ता पेशामा लागेर सन्तुष्ट रहेको गिरी भन्छन्, यस पेशामा नराम्रा पक्षहरु पनि रहेका छन् । कतिपय एजेन्सिहरुले बीमितसँग पैसा उठाउने, उठेको पैसा समयमा कम्पनीमा गएर नबुझाउने जस्ता नराम्रा पक्षहरु अभिकर्ता पेशामा रहेको उनले बताए ।

कतिपय बीमा कम्पनीका कर्मचारीहरुलाई आफ्नो कम्पनीमा रहेको बीमा प्रोडक्टका बारेमा पूर्ण नै नहुने गिरी बताउँछन् । सोही कर्मचारीहरुले एजेन्सिहरुलाई प्रोडक्टका बारेमा पढाउने गर्दछन्, जसको असर बीमा बजारमा पर्न जाने कुरामा उनले जोड दिए । हिजोको बोनशलाई देखाएर भोलि डबल हुन्छ भनेर प्रोडक्टहरु बेच्ने गरिन्छ, त्यो चाँही गलत हो जस्तो लाग्छ । जसले बीमा बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ, सुरेन्द्रले भने ।

अभिकर्ता पेशाका जति नराम्रा पक्षहरु छन्, त्यति राम्रापनि छन्, अभिकर्ता स्वतन्त्र पेशा हो, कसैको प्रेसरमा काम गर्नु पर्छ भन्ने छैन्, आफुले कति कमाउने हो, त्यो आफ्नो इच्छामा भर पर्छ, आफ्नो इच्छा अनुसार आम्दानी गर्न मिल्ने पेशा अभिकर्ता पेशा हो उनले भने ।

बीमा प्रस्ताव गर्नु पूर्व व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवश्यक्ताका बारेमा अध्ययन गरेर मात्रै बीमा प्रस्ताव राख्नु पर्ने सुरेन्द्रले बताए । कुनै पनि व्यक्तिलाई बीमा प्रस्ताव लैजानु अघि उसको बारेमा जान्छु, बुझ्छु अनिमात्रै प्रस्ताव गर्ने गरेको उनले बताए ।

बीमा जोखिम रोकथाम गर्नका लागि गरिन्छ । नेपालमा बीमालाई नियमित बचत र सुरक्षाका दृष्टिकोणले हेरिन्छ, सुरेन्द्र भन्छन्, “बीमा नियमित बचत र सुरक्षा हो । ”

बीमाको माध्यमबाट सानो सानो रकमले ठुलो रकम निर्माण हुन्छ । बीमा बुढेस कालको साहारा हो । साथै बीमाले बाल बच्चाको शिक्षादिक्षाको लागि सहयोग गर्छ ।

बीमाको दायरामा सबैलाई समावेश गर्नका लागि सरकार कै ठुलो हात हुने सुरेन्द्रले बताए । बीमा सचेतनाका कार्यक्रम सुगम क्षेममामात्र केन्द्रित हुनुहुदैँन् । बीमा सचेतनाका लागि सञ्चालनमा ल्याईएका त्यस्ता खालका कार्यक्रमहरु दुर्गम एरियामा पनि पुग्नु पर्ने कुरामा उनले जोड दिए ।

“अभिकर्ताहरुलाई मात्रै बीमा पढाउने प्रवृत्तिमा परिवर्तन ल्याएमा बीमाको पहँुच बढ्छ । एउटा अभिकर्ताले एउटा मात्रै कम्पनीमा आवद्ध रहेर काम गर्नु पर्छ । एउटै अभिकर्ताले भिन्नभिन्न कम्पनीमा कामगर्दा बीमितहरुको अभिकर्तालाई हेर्ने दृष्टिकोण फरक पर्न जान्छ । ”

बीमाको पहुच वृद्धि  गर्नलाई बीमा समिति ग्रामिण इलाका सम्म पुग्नु पर्ने उनले बताए । उनी भन्छन्, “बीमालाई पाठ्यपुस्तकमा नै समावेश गर्नु पर्छ । ”
बीमा कम्पनीहरुले अभिकर्तालाई मात्रै तालिम दिएर नपुग्ने बताए । कम्पनीहरुले बीमितहरुको लागि पनि बीमाका क्लासहरु राख्नुपर्छ, उनले भने ।

“बीमा व्यवसायमा झुुटो बोलेर व्यापार गर्नु हुँदैन, जसको असर कम्पनीमा पर्न जान्छ, वास्तविकता के हो त्यसमै आधारित रहेर बीमा गराउँनु पर्ने आजको आवश्यकता रहेको छ ।”

सुरेन्द्र भन्छन्,“अभिकर्ताहरुलाई मात्रै बीमा पढाउने प्रवृत्तिमा परिवर्तन ल्याएमा बीमाको पहँुच बढ्छ । एउटा अभिकर्ताले एउटा मात्रै कम्पनीमा आवद्ध रहेर काम गर्नु पर्छ । एउटै अभिकर्ताले भिन्नभिन्न कम्पनीमा कामगर्दा बीमितहरुको अभिकर्तालाई हेर्ने दृष्टिकोण फरक पर्न जान्छ । ”

सुरेन्द्र भन्छन्, “बीमा व्यवसायमा झुुटो बोलेर व्यापार गर्नु हुँदैन, जसको असर कम्पनीमा पर्न जान्छ, वास्तविकता के हो त्यसमै आधारित रहेर बीमा गराउँनु पर्ने आजको आवश्यकता रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS