काठमाडौं । बीमा नियामक आईआरडीएआईले ‘बीमा वाहक’ पोर्टल सुरु गर्न लागेको छ।
महिला केन्द्रित स्थानीयस्तरमा बीमा बिक्री योजनाअन्तर्गत यो बीमा वाहक पोर्टलको निर्माणको काम सकेर आईआरडीएआईले आउँदो अप्रिलबाट सुरु गर्ने तयारी गरेको हो। यो पोर्टल सुरु भएपछि महिला केन्द्रित विशेष बीमा योजना सञ्चालनमा सहजता आउने र महिलालाई नै फाइदा हुने आईआरडीएआईले जनाएको छ।
आईआरडीएआईले फेब्रुअरी १३ र १४ मा हैदराबादमा बीमा र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँगको २ दिने त्रैमासिक बैठक राखेको थियो। बैठकमा बीमा ट्रिनिटी ल्याउने प्रमुख मुद्दाहरुबारे छलफल भएको थियो।
नियामकका अनुसार बीमा उद्योगका शीर्ष अधिकारीहरुले अनुपालन योग्य, सरल, समग्र र ग्राहकमैत्री मोडेल ‘बीमा वाहक’ पोर्टलमा सहमति जनाएका छन्। –एजेन्सी