IME Life New

बीमा प्राधिकरणद्वारा इजाजत प्राप्त बीमककाे नामावली सार्वजनिक, प्रभु लाईफ सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले इजाजत प्राप्त बीमा कम्पनीहरुकाे अध्यावधिक विवरण सार्वजनिक गरेकाे छ। बीमा ऐन २०७९ काे प्रावधान अनुसार प्राधिकरणले त्रैमासिक रुपमा इजाजत प्राप्त बीमकहरुकाे सूची सार्वजनिक गर्दै आएकाे छ।

असार मसान्तमा आइपुग्दा प्रभु लाईफ र महालक्ष्मी लाईफबीच गाभ्ने गाभिने प्रकृया पुरा भएपछि कूल जीवन बीमा कम्पनीकाे स‌ंख्या १४ कायम भएकाे छ। प्रभु र महालक्ष्मी मर्ज भएर प्रभु महालक्ष्मी लाईफ कायम भएकाे घाेषणा गरिए पनि प्राधिकरणकाे सूचनामा प्रभु लाईफ इन्स्याेरेन्स नाम उल्लेख छ।

Esewa
Crest

यसैगरी युनाइटेड  इन्स्याेरेन्स र अजोड  इन्स्याेरेन्स गाभिएर युनाइटेड अजोड  इन्स्याेरेन्समा परिणत भएपछि निर्जीवन बीमा कम्पनीकाे संख्या पनि १४ मा झरेकाे छ। अघिल्लाे आवमा कूल १९ जीवन बीमक र २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेका थिए ।

यसबाहेक लघु बीमा व्यवसायका लागी इजाजत प्राप्त ४ वटा लघु बीमा कम्पनी सञ्चालनमा रहेका छन् । गार्डियन माइक्राे लाईफ इन्स्याेरेन्स, क्रेष्ट माइक्राे लाईफ, नेपाल माइक्राे इन्स्योरेन्स  र प्राेटेक्टिभ माइक्राे इन्स्याेरेन्स सञ्चालनमा रहेका छन् ।

यसैगरी पुनर्बीमा कम्पनीहरु नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्याेरेन्स सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS