IME Life New
GBIME

बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सरकारसँग जम्मा १४ दिन बाँकी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न सरकारसँग अब जम्मा १४ दिन बाँकी छ। बीमा बीमा ऐन २०७९ को दफा ७ को प्रावधान अनुसार सरकारले पुस १७ गतेभित्र जसरी पनि प्राधिकरणको अध्यक्ष नियुक्तिको निर्णय गरि सक्नुपर्छ।

बीमा ऐन २०७९ ले सामान्य अवस्थामा नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद रिक्त नहुने परिकल्पना गरेको छ। अर्थात प्राधिकरणको अध्यक्ष पदमा अविच्छिन्नरूपमा कोही न कोही पदासिन रहने परिकल्पना ऐनको छ । त्यसैले एउटा अध्यक्षको कार्यकाल पुरा हुनु एक महिना अगावै अर्को अध्यक्ष नियुक्त भई सक्नुपर्ने व्यवस्था ऐनले गरेको छ।

Crest

बीमा ऐनको दफा ७ को उपदफा ४ मा अध्यक्षको नियुक्ति सो पद रिक्त हुनु एक महिना अगावै गर्नुपर्ने प्रावधान छ। एउटा अध्यक्षको कार्यकाल पुरा नहुँदै अर्को अध्यक्ष नियुक्त गरिसक्नुपर्ने प्रावधानमार्फत ऐनले प्राधिकरण एक दिनपछि अध्यक्षविहिन अवस्थामा नरहने सुनिश्चित गरेको छ।

भ्रष्टाचारको अभियोगपछि सूर्य प्रसाद सिलवाल पदमुक्त भएपछि नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद गत मंसिर २४ गतेदेखि नै रिक्त रहेको छ। पदबाट अनिवार्य अवकाश प्राप्त गर्न मुश्किलले दुई महिना बाँकी रहँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत मंसिर २४ गते सिलवालविरूद्ध नागरिकता किर्ते र भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सार्वजनिक पद धारण गरेका व्यक्तिविरूद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएलगत्तै पदमुक्त हुने कानूनी प्रावधानका आधारमा सिलवाल कार्यकाल पुरा हुन थप दुई महिना बाँकी छँदै पदमुक्त भएका हुन् ।

सिलवाललाई ४ वर्षे कार्यकालका लागि नियुक्त गर्न मन्त्री परिषदबाट २०७७ माघ १८ गते निर्णय भएको थियो। मन्त्री परिषदले गरेको निर्णयलाई आधारमान्दा उनी पदमा रहि रहेको भए आउँदो माघ १७ गतेसम्म उनले अध्यक्षको भूमिकामा काम गर्न पाउने थिए। त्यसैले माघ १७ गते भन्दा एक महिना अर्थात पुस १७ गते भित्रै सरकारले बीमा ऐन २०७९ को दफा ७ को प्रावधानका आधारमा प्राधिकरणका लागि अर्को अध्यक्ष नियुक्त गरि सक्नुपर्छ।

ऐनमा तोकिएको समय सीमा अनुसार अब सरकारसँग प्राधिकरणको अध्यक्ष नियुक्तिको विषय टुङ्गो लगाउन जम्मा १४ दिन बाँकी छ। यो अवधिभित्र अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र बीमा विज्ञ सहितको तीन सदस्यीय समितिले कम्तीमा तीनजना योग्य व्यक्तिको नाम सरकार समक्ष सिफारिश गरेर मन्त्री परिषदले नियुक्तिको निर्णय गरि सक्नुपर्नेछ। ऐनमा नियुक्तिको सिफारिश गर्ने तीन सदस्यीय समिति रहनेछ भन्ने उल्लेख भएपनि समितिमा बीमा विशेषज्ञका रूपमा रहने सदस्य को हुने टुङ्गो लागेको छैन ।

सिलवालको बर्खास्ती पछि प्राधिकरणको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव मदन कुमार दाहालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

प्राधिकरणको अध्यक्षका लागि यस्तो छ योग्यताः

बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष वा सदस्य पदमा नियुक्तिका लागि निश्चित शैक्षिक र व्यवसायीक योग्यता पुरा भएको हुनुपर्छ। बीमा ऐनको दफा ८ अनुसार बीमा, मौद्रिक, बैंकिङ्ग, वाणिज्य वा वित्तीयशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्ति अध्यक्ष पदमा नियुक्तिका लागि योग्य हुनेछ। यसबाहेक त्यस्तो व्यक्ति उच्च नैतिक चरित्र समेत भएको हुनुपर्नेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS