IME Life New

बीमा पहुँच बृद्धिका लागि “राष्ट्रव्यापी अभियान” सञ्चालनमा ल्याईने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमामा नेपालीको पहुँच बृद्धि गराउने उद्देश्यले राष्ट्रव्यापी अभियान सञ्चालनमा ल्याईने भएको छ । नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एससिस) ले सातै प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर ‘घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान’ सञ्चालन गर्न लागेको हो ।

बीमा सचेतना बढाउने, बीमाको पहुँच बाहिर रहेका नागरिकलाई बीमाको पहुँचमा ल्याउने, बीमा लक्षित सरकारी योजनामा सहयोग पुर्याउने र सामाजिक सुरक्षा प्रवर्धन गर्ने उद्देश्यले सुरु हुन लागेको अभियानको उद्घाटन चैत ९ गते उदयपुरको बेलका नगरपालिका बाट गरिने एनसिसकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताइन् ।

Esewa
Crest

करिब ५५ हजार जनसंख्या रहेको उक्त नगरपालिकाका बहुसंख्यक नागरिकले बीमामा साक्षरताको अभावमा बीमा नगरेको र बिमा कम्पनीका शाखासमेत नभएकाले सोही ठाउँबाट अभियानको उद्घाटन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उनका अनुसार उद्घाटन सँगै अभियानको पहिलो चरण अन्तर्गत धुनषाको सबैला नगरपालिका, रौतहटको यमुना माई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, मोरङको कोशी हरैँचा नगरपालिका, झापाको कनकाई नगरपालिका, काभ्रेको पनौती नगरपालिका र धादिङको रि गाउँपालिकामा कार्यक्रम गरिनेछ ।

बीमा विज्ञ एवं एनसिसका सल्लाहकार डा. रविन्द्र घिमिरेले भने, ‘त्यसक्रममा सचेतनामूलक श्रव्यदृश्य सामग्री, सडक नाटक, विज्ञका विचार र कालाकारमार्फत प्रस्तुति दिएर बीमा नगरेका नागरिकलाई बीमा गर्न अभिप्रेरित गरिनेछ ।’

अभियानका सल्लाहकार एवं नेपाल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक विक्रान्त पाण्डेका अनुसार घुम्ती बीमा कार्यक्रम हुने स्थानमै बीमा गर्ने सुविधासम्म प्रदान गरिनेछ । ‘निर्जीवन  बीमा लागि कार्यक्रम स्थलमै टेलरमेड पोलिसी मार्फत बीमा गर्न सकिने गरी कार्यक्रम सेट गरिएको छ,’ पाण्डेले भने, ‘यो कार्यक्रम नेपालमा नयाँ र उपलब्धिमूलक हुने हाम्रो विश्वास छ ।’ जीवन बीमा गराउने प्रक्रिया अलि लामो भएकाले त्यसको तयारी अलि पहिलेदेखि नै गरिने र कार्यक्रमका दिन घोषणा गरिने एनसिसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS