काठमाडौं । बीमा नियमावली–२०८१ आज फागुन १२ गते नेपाल राजपत्रमा प्रकाशित भएको छ। योसँगै बीमा नियमावलीले कानुनी मान्यता पाएको छ।
सरकारले केही दिनअघि स्वीकृत गरेको बीमा नियमावली आज नेपाल राजपत्रमा प्रकाशित गरेको हो। मन्त्रिपरिषद्को माघ २८ गते बसेको बैठकले बीमा नियमावली स्वीकृत गरेको थियो। २०७९ कात्तिक २२ गते बीमा ऐन २०७९ लागू भएको २६ महिनापछि नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको हो।
अब नेपाल बीमा प्राधिकरणले नियमावली लागू गर्ने प्रक्रिया अगाडि बढाउनेछ। यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
बीमा नियमावली, २०८१

















