IME Life New

बीमा कम्पनीहरु कपि पेष्ट प्रोडक्टको पछाडि लाग्दा बीमा क्षेत्रले फड्को मार्न सकेन : विवेक झा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक विवेक झाले नेपालका बीमा कम्पनीले विदेशी पोलिसीको कपि पेष्ट गर्ने गरेको आरोप लगाएका छन्। नेपालको बीमा व्यवसायले ५ दशक पार गरिसक्दा पनि बीमा व्यवसाय खासै विस्तार हुन नसकेको झाले बताए। उनले भने ‘बीमा क्षेत्रको यति लामो अन्तरालमा यस क्षेत्रको विकास हुन थालेको भर्खर दुई दशक भयो।‘  उनले थपे, बीमा क्षेत्रले यति ठुलो फड्को मारिसक्दा पनि हाम्रो देशमा बीमा व्यवसाय कपी प्रोडक्टमै चलिरहेकोले माथि उठ्न नसकेको हो।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार आयोजना गरेको शदाब्दी पुरुष अभिनन्दन तथा सूर्या चौरासी पुजा जीवन बीमा योजनाको शुभारम्भ समारोहमा झालाई कम्पनीको संस्थापक रुपमा चिनाइएको थियो। नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा दुइ कार्यकाल पुरा गरि बाहिरिएका झा सूर्या लाइफमा जोडिएका हुन्।

Esewa
Crest

बीमा व्यवसाय अझै पनि अरुको फोर्समा हुने गरेकोले मानिसहरु आफैले कम्पनीमा गएर बीमा गर्ने बातावरण अझै पनि सिर्जना नभएको झाले बताए। कुनै एउटा कम्पनीले आफुलाई सुधार गर्यो भने अरु कम्पनी पनि त्यसकै पछि लाग्ने गरेको झाको भनाइ छ। एउटा नयाँ प्रोड्कट बजारमा आयो भने सबै कम्पनी त्यसकै पछि लाग्ने गरेको झाले आरोप लगाए। यहि कारणले बीमा क्षेत्र पछाडि धकेलिएको उनले विश्लेषण छ। उनले भने ‘यो अवस्थाले बीमा क्षेत्र पछाडि धकेलिन्छ। अव बीमा कम्पनीहरुले बीमितको आवस्यकता अनुसार पोलिसी बजारमा ल्याउनु पर्छ।‘

काम गर्न सक्दा कमाएको पैसा सदुपयोग गरेर भोलि काम गर्न नसक्दा जिविको पार्जन गर्न सक्ने हिसावले बीमा पोलिसी ल्याउन जरुरी रहेको झाले बताए। सूर्या लाइफमा जोडिएका झाले यहि अवस्थालाई संवोधन गर्ने गरि ‘सूर्या चौरासी पुजा जीवन बीमा योजना’ ल्याइएको बताए। उनले भने ‘मलाई लाग्छ यो पोलिसी सबैलाई राम्रो छ। यसमा बोनश पनि छ, पेन्सन पनि छ, रक्षावरण पनि छ र भविष्यमा फेरी ८४ वर्षमा एकमुष्ठ रकम पाउने व्यवस्था पनि छ त्यसकारण यो प्रोडक्ट एकदमै राम्रो छ।’

यो पोलिसीले बजारमा ठुलो छाप छाड्ने झाले दाबी गरे। यहि हिसाबले अगाडि बढ्ने हो भने कम्पनीले अर्को नयाँ उचाइ लिने झाले उल्लेख गरे। नेपाल लाइफलाई नयाँ उचाइमा पुर्याएर बाहिरिएका झालाई सूर्य लाइफले संस्थापकको रुपमा भित्र्याएको कम्पनीले जनाएको छ। झाको आगमनसँगै कम्पनीले नयाँ उचाइ कायम गर्ने कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराइले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS