IME Life New

बीमा कम्पनीले सर्भेयरको करोडौ रुपैयाँ पारिश्रमिक तिर्न बाँकी, ‘काम गरेको वर्षौसम्म पैसा पाइदैन’

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले क्षति मूल्याङ्कन गर्ने सर्भेयरको ५० करोड रुपैयाँ भन्दा धेरै शुल्क भुक्तानी गर्न बाँकी देखिएको छ । बीमा समितिले बिहीबार सर्भेयरहरु सँग गरेको छलफलका क्रममा उनीहरुले यस्तो खुलासा गरेका हुन् ।

सर्भेयर एसोसिएशनका अध्यक्ष मोहन पुरुष ढकाल सहित अधिकांश सर्भेयरले समयमा शुल्क नपाएको भन्दै भुक्तानीका लागि पहल गरिदिन बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुरोध गरेका थिए । सर्भेयरहरुले दिएको तथ्याङ्क अनुसार ४० करोड रुपैयाँ भन्दा धेरै भुक्तानी गर्न बाँकी रहेको एसोसिएशनका महासचिव पवित्र बिक्रम राणाले जानकारी दिए । उनले भने ‘साथिहरुले दिनु भएको तथ्याङ्क अनुसार ४० करोड रुपैयाँ र यस भन्दा बाहेक दसौ करोड रुपैयाँ बाँकी रहेको पाइएको छ ।’

Crest

नियम अनुसार सर्भेयरले सर्भे रिपोर्ट बुझाएको १५ दिन भित्रमा शुल्क पाउने व्यवस्था भए पनि बीमा कम्पनीहरुले लामो समय भुक्तानी नै दिने गरेका छैनन् । बीमितले दाबी भुक्तानी पाइसक्दा पनि सर्भेयरले शुल्क पाउन नसक्नु आफैमा विडम्बना रहेको अध्यक्ष ढकालले जानकारी दिए ।

एउटै सर्भेयरको लाखौ रुपैयाँ बक्यौता रहेको पाइन्छ । तर सर्भेयरले काम नपाइएला भन्ने डरले पैसा नै माग्ने गरेको पाइदैन । यसरी पैसा नै नपाउदा पनि फिल्डमा खटिनु पर्ने बाध्यता रहेको महासचिव रानाले जानकारी दिए । उनले थपे ‘सर्भेको लागि प्लेन चढेर घटनास्थलसम्म पुग्नु पर्छ तर रिपोर्ट बुझाए पछि दुई तीन हजार रुपैयाँ छुट्टाएको हुन्छ । अनि त्यो लिन को जाने ?’

नियम अनुसार सर्भेयरको शुल्क हरेक दुई दुई वर्षमा बढाउनु पर्ने हुन्छ । तर कतिपय बीमा कम्पनीहरुले २०७४ सालदेखि शुल्क नबढाएको सर्भेयरहरुको भनाइ छ । राष्ट्रिय बीमा कम्पनीले २०७४ सालदेखि शुल्क पनि बढाएको छैन साथै कम्पनीले वर्षौदेखि शुल्क बापतको रकम पनि भुक्तानी नगरेको एक सर्भेयरले जानकारी दिए ।

दाबी भुक्तानीमा कम्पनी र बीमित विचमा कुरा नमिले पछि त्यसको दोष सधै सर्भेयरलाई लगाउने तर शुल्क भने वर्षौसम्म नपाउने अवस्था रहेको उनिहरुको भनाइ छ । सर्भेयरलाई पैसा दिनु पर्यौ भनेर कतिपय बीमा कम्पनीहरु आफैले मूल्याङ्कन समेत गर्ने गरेको उनिहरुको आरोप छ । कुनै एउटा सर्भेयरको कोड राखेर कम्पनीहरु आफैले मूल्याङ्कन गर्दा त्यसको अपजस भने सर्भेयरलाई जाने गरेको उनीहरुले बताए ।

सर्भेयरले पारिश्रमिक नपाएको भन्दै गुनासो गरे पछि समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सानो मुटु बनाएर काम नगर्न अनुरोध गरेका छन् । उनले कुन कुन सर्भेयरको कति रुपैयाँ भुक्तानी गर्न बाँकी छ तुरुन्त भुक्तानी गर्न समेत निर्देशन दिएका थिए ।

समितिले नेपाल बीमक संघसँग समन्वय गरेर दाबी भुक्तानीमा देखिएका समस्या समाधान गर्न समेत निर्देशन दिएको छ । बीमा कम्पनीहरुले आफ्नो पक्षमा सर्भे गर्ने सर्भेयरलाई सुरक्षण गर्ने गरेका छन् । बीमित वा निष्पक्ष रुपमा सर्भे गर्ने सर्भेयरको भने कम्पनीहरुले पारिश्रमिक नै रोक्ने गरेको पाइएको छ ।

यसले गर्दा सर्भेयरहरुले आफ्नो जागिर टिकाउन तथा काम पाउनैका लागि कम्पनीको पक्षमा सर्भे रिपोर्ट तयार पार्ने गरेका छन् । यसो गर्दा बीमित मार पर्ने र बीमा समितिमा उजुरी हाल्ने गरेको पाइन्छ । सर्भेयर आफैमा स्वतन्त्र पेशा हो । उसले स्वतन्त्र रुपमा सर्भे गर्नु पर्छ तर स्वतन्त्र रुपमा सर्भे गर्दा कम्पनीबाट पारिश्रमिक समेत नपाइने भए पछि उनिहरुले काम पाउन तथा पैसा पाउनकैका लागि भए पनि कम्पनीको पक्षमा सर्भे प्रतिवेदन तयार पारिदिने गरेका छन् ।

कतिपय अवस्थामा आवश्यक कागपत्र जुट्दैन । सबैभन्दा धेरै सार्वजनिक यातायातका समितिहरुले सर्भेयरलाई  दुःख दिने गरेको पाइएको छ । उनिहरुले सर्भेयरलाई आवश्यक कागजपत्र नदिदा समयमा सर्भे गर्न नसकिने र प्रतिबेदन बुझाउनमा ढिलाइ हुने गरेको छ । तर बीमा समितिले ५ वटा भन्दा धेरै दाबी भुक्तानी पेण्डिङमा रहेका सर्भेयरलाई काम दिन नपाउने व्यवस्थाले मर्कामा परिएको गुनासो समेत गरेका छन् । कतिपय केसहरु कागजपत्र समयमा नआएर तथा दाबी भुक्तानीमा चित्त नबुझेर मुद्दा मामिलामा जाने भएकाले पेण्डिङ देखिने गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

सबैतिरबाट सर्भेयर पेलिने गरेको भन्दै उनिहरुले हिजो बीमा समितिले आयोजना गरेको कार्यक्रममा यस्तो गुनासो पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS