IME Life New

बीमा कम्पनीमा सञ्चालकले सुराकी राख्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ: अब देखि बीमा कम्पनीहरुका सञ्चालकले सुराकी राख्न पाउँने भएका छन् । बीमा कम्पनीहरुले ऐन र ऐन अन्र्तगतको नीति नियमको पालना गरे नगरेको बारेमा जानकारी प्रदान गर्न खबरदारी नीति अपनाईने भएको हो ।

संसदमा प्रस्तुत भएको विद्येयकको दफा ६१ का अनुसार कम्पनीहरुले खबरदारी नीति बनाउन सक्ने भएका छन् । बीमकले ऐन वा ऐन अन्र्तग तबनेका नियम, विनियम तथा जारी भएका निर्देशनहरु पालना गर्ने सम्बन्धमा बीमकको व्यवस्थापन वा पदाधिकारी कर्मचारीबाट अनियमित तवरले भए गरेका वा हुन सक्ने काम कारवाहीको गोप्य रुपमा जानकारी दिन सक्नै नीति बनलाई लागू गर्न सक्ने भन्ने व्यवस्था गरिएको छ ।

Esewa
Crest

विद्येयकका अनुसार नीति नियम बमोजिम बीमकको अनियमित काम कारवाहीको जानकारी दिने व्यक्तिको पेशागत सुरक्षाको संरक्षण गर्ने कर्तब्य बीमकको सञ्चालक समिति हुनेछ ।

बीमा कम्पनीहरुले बढी जिम्मेवार बनाउन यस्तो खालको व्यवस्था गरिएको बीमा समितिले बताएको छ । कम्पनीहरुले नीति नियम पालना गरे नगरेको थाहा पाउँन यस्तो खालको संयन्त्र आवश्यक रहेको समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS