IME Life New

बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५ जारी, लगानीको दायरा फराकिलो हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा कम्पनीहरुले घरजग्गा, कृषि, पर्यटन, सामूहिक लगानीकोषमा पनि लगानी गर्न पाउँने

बीमा कम्पनीहरुले घरजग्गा व्यवसायमा पनि लगानी गर्न पाउँने भएका छन् । कम्पनीहरुले कूल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म घरजग्गा व्यवसायमा लगानी गर्न पाउँने भएका छन् । बीमा समितिले बीमक लगानी सम्बन्धी निर्देशिका २०७५ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

Esewa
Crest

बीमा समितिले जारी गरेको निर्देशिका अनुसार अब देखि कम्पनीहरुले कृषि, पर्यटन तथा जलस्रोतको क्षेत्रमा पनि लगानी गर्न पाउँने छन् । यस्तो क्षेत्रमा कम्पनीहरुले २० प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । तर, एउटै परियोजनामा लगानी गर्न आवहन गरिएको कुल रकमको १० प्रतिशत भन्दा बढी लगानी गर्न पाईने छैन । साथै यस्तो लगानी गरिने कम्पनी पब्लिक कम्पनी हुनुपर्नेछ । कम्पनीहरुले लगानी गर्नुपूर्व समितिसँग स्वीकृतिल लिनु पर्नेछ ।

बीमा कम्पनीहरुले नागरिक लगानी कोष र म्यूचुअल फण्डमा समेत लगानी गर्न पाउँने भएका छन् । यस्तो क्षेत्रमा कम्पनीहरुले ५ प्रतिशत लगानी गर्न पाउँने व्यवस्था गरिएको छ । कम्पनीहरुले एउटै योजनामा ५ प्रतिशत भन्दा बढी लगानी गर्न पाउँने छैनन् ।
बीमा कम्पनीहरुले पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउँने छन् । समितिले जारी गरेको लगानी निर्देशिका अनुसार सेयर लगानी गरिने कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत भन्दा बढि हुने गरी लगानी गर्न भने पाईने छैन । त्यस्तै बैक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा २० प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । यस्तो लगानी कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत भन्दा बढी हुने गरी लगानी गर्न पाईने छैन । साथै पब्लिक कम्पनीको डिबेञ्चरामा भने २० प्रतिशतसम्म लगनी गर्न सकिनेछ । यस्तो लगानी आवहन गरिएको कुल रकमको १० प्रतिशत भन्दा बढी हुनुहुँदैन । यस्तो क्षेत्रमा समितिले तोके भन्दा बढी रकम लगानी गरेमा सोल्भिेन्सी मार्जिनको गणनायोग्य सम्पति मानिने छैन ।

अनिवार्य गरिएका क्षेत्रहरु
बीमा समितिले बाणिज्य बैंकको मुद्धती निक्षेप तथा सरकारको बचतपत्र र ऋणपत्रमा भने अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो क्षेत्रमा गरिएको लगानीलाई सोल्भिेन्सी मार्जिनको गणनायोग्य सम्पति मानिनेछ ।

निर्देशिका अनुसार कम्पनीहरुले बाणिज्य बैंकको मुद्धति निक्षेपमा ४० प्रतिशतसम्म लगानी गर्न पाउँनेछन् । तर, लगानी गर्ने बैंक स्थापना भएको ५ बर्ष पुरा भएको हुनुपर्नेछ भने ३ बर्षसम्म नाफामा रहेको हुनुपर्नेछ । एउटा बैकमा १५ प्रतिशतसम्म लगानी गर्न सकिनेछ । विकास बैंकको मुद्धती निक्षेपमा २० प्रतिशत र वित्त कम्पनीको मुद्धति निक्षेपमा १० प्रतिशत लगानी गर्न पाईनेछ ।

साथै बीमा कम्पनीहरुले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल सरकारबाट मान्यता प्राप्त बचतपत्र वा ऋणपत्रमा ५ प्रतिशतसम्म लगानी गर्न पाउँने भएका छन् । तर, बचतपत्र तथा ऋणपत्र जारी नभएको अवस्थामा बीम समितिको स्वीकृतिमा बाणिज्य बैक वा पूर्वाधार बैकको मुद्धती निक्षेपमा लगानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS