काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा गरी बैदेशिक रोजगारीमा गई मृत्यु भएका दाङ्का एक मानिसको पीडित परिवारलाई मृत्यु बीमा दावी भुक्तानी बापत १४ लाख रुपैयाँ प्रदान गरेकोछ ।
सोमबार दाङको लमही उपशाखामै आयोजित कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालीकाका प्रमुख कुलबहादुर के.सीले मृतक शेर बहादुर मल्लकी श्रीमतीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
बैदेशिक रोजगारीमा गएका मल्लले २०७५ कात्तिक १४ गते ५ हजार ३३० रुपैयाँ प्रिमियम बुझाई बैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए । उनको कामको सिलसिलामा गत साउन २२ गते विदेशमा मृत्यु भएको थियो ।
सोमबार आयोजित कार्यक्रममा मृतककी श्रीमती अस्मिता मल्लले रकम बुझेकी छिन् । उनका एक छोरा छन् । कार्यक्रममा दाङ शाखाका प्रमुख मोतिलाल भट्टराईसहितको उपस्थिति रहेको थियो । बीमा अभिकर्ता रेशम बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा मेयर केसीले जीवन बीमा अपरिहार्य भएको बताउँदै गाउँ गाउँमा जनचेतना फैलाउनुपर्नेमा जोड दिए । साथै उनले बीमा बापत प्राप्त रकम बालबच्चाको उच्च शिक्षामा लगानी गर्नुको साथै राम्रो काममा लगाउन आग्रह गरे ।
















