IME Life New

बारा पर्साको हावाहुरीले ९ निर्जीवन बीमा कम्पनीमा ८ करोड बराबरको ४२ वटा दाबी, हेरौ कुन कम्पनीमा कति परयो दाबी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

गत चैत्र महिनामा गएको हावाहुरीको कारण निर्जीवन बिमा कम्पनीहरुमा ४२ वटा दाबी परेको छ । सो दाबी बापत ९ वटा निर्जीवन बिमा कम्पनीहरुमा ८ करोड रुपैयाँ ५१ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

बीमा समितिको तथ्यांक अनुसार ओरियण्टल इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै १८ वटा बीमा दावी परेको छ । जस बापत बीमितले ५ करोड रुपैयाँ बारबरको बिमा दाबी गरेका छन् । त्यस्तै, नेको इन्स्यारेन्स कम्पनीमा सात वटा दाबी परेको छ । जस बापत १ करोड ९६ लाख रुपैयाँ बराबरको बिमा रकम दाबी परेको छ । नेको कम्पनीमा परेको कुल दाबी संख्यामध्ये तीन वटा दाबीको भने विववरण नै आएको छैन ।

Crest

शिखर इन्स्योरेन्स कम्पनीमा पाँच वटा दाबी परेको छ । सो कम्पनीमा परेको दाबीमध्ये सबै मोटर बिमा दाबी छन् । जस बापत कम्पनीमा ४ लाख २० हजार रुपैयाँ बराबरको बिमा रकम दाबी परेको छ । नेपाल इन्स्स्योरेन्समा ३६ लाख ३० हजार बराबरको चार वटा दाबी परेको छ । नेशनल इन्स्योरेन्समा २ लाख ३ हजार रुपैयाँ बराबरको दुई वटा दाबी परेको छ भने अजोड इस्योरेन्समा पनि तीन लाख रुपैयाँ बराबरको दुई वटा दाबी परेको छ । सिद्धार्थ इन्स्योरेन्स पनि ३ लाख १५ हजार रुपैयाँ बराबरको दुई वटा दाबी परेको छ । प्रभु इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्समा भने १/१ वटा दाबी परेको छ । जस बापत क्रमश १ करोड र ६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । तर, जीवन बीमा कम्पनीमा भने एउटा पनि दाबी नपरेको बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।

हावाहुरीको कारण भएको क्षतिमा अधिकांश बैकबाट कर्जा लिएकाहरुले दाबी गरेका छन् । बीमा समितिका अनुसार प्रभु बैकमा नेपाल बैंकको ऋणी नेशनल लेदरको परेको छ । नेकोमा इन्स्योरेन्समा सिद्धार्थ बैक, एडिवि बैक, ग्लोबल बैक, सानिमा बैकबाट कर्जा लिएकाले दाबी गरेका छन् । अजोडमा एभरेष्ट इन्स्योरेन्सका ऋणी समिम अख्तरको दाबी परेको छ । एनएलजीमा ज्योति विकासका बैक, एभरेष्ट बैकको ऋणीको परेको छ । शिखर इन्स्योरेन्समा सिद्धार्थ बैक, ज्योति विकास बैक, कामना सेवा विकास बैकको दाबी छ । एभरेष्ट इन्स्योरेन्समा एभरेष्ट बैकका ऋणी मान बहादुर विष्टको दाबी परेको छ । जनरल इन्स्योरेन्स कम्पनीमा स्टयाण्डर्ड चाटर्ड बैकका ऋणी सज्जन कुमार अग्रवालको दाबी परेको छ ।

हावाहुरीले अग्नि बिमामा ७ करोड बराबरको दाबी परेको छ । सम्पति बिमामा १ करोड २७ लाख रुपैयाँ बराबरको दाबी परेको छ । मोटर बीमामा १६ लाख रुपैयाँ बराबरको दाबी परेको छ भने कृषि बीमामा ५ लाख ३५ हजार रुपैयाँ बराबरको दाबी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS