IME Life New

बर्तमान राष्ट्रिय संकटमा बीमा कारोबार संचालनको तरिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रमेश कुमार भट्टराई, सिइओ, महालक्ष्मी लाइफ इन्स्योरेन्स

काठमाडौं । कोरोना भाईरसबाट संसार नै पिडित छ। नेपाल सरकारले पनि संभावित भयावह स्थितिको अनुमान गरि अत्यावस्यक बाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गते सम्म बन्द गरेको छ। बीमा कारोबारलाई अत्यावस्यक सेवामा राखेकोले सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरि छ। मानिसको जिवनमा भबिष्यमा आईपर्ने जोखिम कै लागि बीमा गर्नु पर्ने भएकोले यो संकटको घडिमा भागेर कायर हुनु भन्दा सुरक्षित पनि हुनु र बीमा कारोबारको उचित ब्यवस्थापन गर्नु बुद्धिमानि हुन्छ।त्यस्को लागि भोलिबाट निम्न उपाय अपनाउन  महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिइओ रमेश कुमार भट्टराईले सल्लाह दिएका छन् ।
१)कार्यालयका कर्मचारी  सबैको दैनिक ज्वरो मापन गर्ने,मास्क लगाउन लगाउने,सेनिटाईजर प्रयोग गराउने र १/१ घण्टामा साबुन पानीले हात धुन लगाउने।
२) कार्यालयका कर्मचारिलाई १/१ घण्टामा तातो पानी,चिया,कफि उपलब्ध गराउने।
३) कार्यालयमा भेटन सेवाग्राहि र ग्राहक आउदा भेटने एउटा छुट्टै कोठाको ब्यवस्था गर्ने र ३ फिटको दुरि राखि भेटबार्ता गर्ने।अन्य कोठा कोठामा जान नदिने।
४) आउने ग्राहक र सेवाग्राहिलाई गेटमा नै ज्वरो नापि मास्क लगाई सेनिटाईजर लगाएर मात्र गेट भित्र आउन दिने।
५) बिमा कार्यालयमा एकै ठाउमा ५ जना भन्दा बढि ग्राहक संग छलफल वा भेटघाट नगर्ने।
६) शाखा वा क्षेत्रिय कार्यालयमा दैनिक अत्यावस्यक कामको लागि आलो पालो गरि २ जना मात्र दैनिक उपस्थित हुने सो भन्दा बढिलाई अनिवार्य बिदा बस्न लगाउने।
७) प्रधान कार्यालयमा प्रत्येक बिभागमा अधिकृत एक जना र सहायक एक जना गरि दुई जना मात्र उपस्थित गराई दैनिक आई पर्ने सेवा दिने र बाँकीलाई बिदा दिने।
८) कार्यकारि प्रमुख र नायब कार्यकारि प्रमुख पनि आलो पालो गरि आउने र बिदा बस्ने।
९) अनिवार्य बिदा दिदा सार्बजनिक सवारिमा आउने र टाढा घर भएका कर्मचारिलाई प्राथमिकतामा राखि बिदा दिने।
१०) बिदा दिदा सबैलाई पहिले संचित बिदाबाट कट्टि हुने गरि दिने,त्यो नहुने स्थाईलाई एडभान्स बिदा दिने र त्यो पनि नहुनेलाई बोर्डबाट पास गरि ५०% मात्र पाउने पेड लिभ दिने।
११) बिदा आलो पालो गर्दा कोरोना भाईरसको स्थिति हेरि १/१ दिन३/३ दिन वा ५/५ दिनको लगातार हुने गरि दिने।
देश र जनता अहिले अन्तराष्ट्रिय संकटबाट गुज्रिरहेका छन। उचित ब्यवस्थापन नगर्दा कम्पनी डुब्न सक्छन, तपाईं हाम्रो जागिर जान सक्छ, देश ठुलै संकटमा फस्न सक्छ, यस्तोमा आफु पनि बाच्ने, अरुलाई पनि बचाउने,कम्पनी पनि बचाउने अनि देशलाई पनि सहज हुने गरि कार्य गर्नुमा नै हामी सबैको भलाई छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS