IME Life New

बरुण हाइड्रोपावर नाफामा, अन्य सूचकमा पनि सुधार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Crest

समीक्षा अवधिसम्म कम्पनीले ५ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ७३ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो।

पुससम्म कम्पनीले विद्युत बिक्रीबापत ६ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबापत आम्दानी गरेको थिएन।

चुक्तापुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४ करोड ४६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ भने २ करोड १२ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १०.०७ रुपैयाँ, पीई रेसियो ३५.३७ गुणा र प्रतिशेयर नेटवर्थ ११६.५० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS