काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव १८ अंकले घटेर २,९२३ को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै मातृभूमी लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर र दोल्ती पावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।


















