काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बजार १७ दशमलव ५६ अंकले घट्दा कारोबार रकम पनि घटेको छ । नेप्सेमा १ अर्ब १९ करोडको कारोबार हुँदा परिसूचक १९५८ दशमलव ७२ अंकमा बन्द भएको छ । आजको फ्लोरसिट हेर्दा शिर्ष ५ ब्रोकरको नै खरीदको तुलनामा विक्री धेरै भएको छ । आज ब्रोकर नम्बर ५८ ले सर्वाधिक रकमको कारोबार गर्दा ६ करोड ३३ लाखको खरीद र ६ करोड ६५ लाखको विक्री भएको छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४९ बाट ३ करोड ५२ लाखको खरीद हुँदा ५ करोड ६२ लाखको विक्री भएको छ ।


















