काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १३ दशलमव ५३ अंकले घटेर २,५८३ को विन्दुमा कायम भएको छ । आज ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ । आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, न्यादी हाइड्रोपावर र बराही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।


















