IME Life New

फुल सर्भिस र डिस्काउन्ट ब्रोकरको अवधारण आउला त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: धितोपत्र व्यवसायीहरूको स्तर अभिवृद्धि गर्ने कुरा बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा कुरा उल्लेख छ।

बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम अनुसार धितोपत्र व्यवसायीहरूको स्तर अभिवृद्धि गर्नकालागि पुँजी आधार, व्यवसायिकता, ऎन  नियमको परिपालना तथा प्रतिस्पर्धी सेवालगायत अन्य उपयुत्त परिसूचक तयार गरी सोको आधारमा धितोपत्र व्यवसायीहरूको वर्गीकरण कार्य गर्ने/गराउने  कुरा उल्लेख छ ।

Esewa
Crest

बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमको सानो अंश :

नेपालमा हाल सञ्चालनमा आएका ब्रोकर कम्पनीहरू एकै प्रकृतिका छन्।  ब्रोकर कमिसन सँगै लगानीकर्ताले प्राप्त गर्ने सेवा सुविधापनि एकै छ।   हाल सञ्चालनमा रहेका ५० वटा ब्रोकर र तीनका शाखा (RWS)लाई दाज्दा खासै फरक पाईदैन तर विदेशी बजार हेर्ने हो भने दलाल व्यवसायीहरु एकै प्रकृतिका हुदैनन्।  फुल सर्भिस र डिस्काउन्ट ब्रोकर गरी दुई थरीका ब्रोकरहरु प्रचलनमा हुन्छन   ।

फुल सर्भिस र डिस्काउन्ट ब्रोकर बिच फरक के ?
डिस्काउन्ट ब्रोकरहरु खाली कारोबारमा मात्र सीमित हुन्छन्। सजिलो भाषामा भन्दा हाल  हामीले कारोवार गरिरहेको   ब्रोकर कम्पनीहरु । डिस्काउन्ट ब्रोकरहरुले आफ्नो ग्राहकको आदेशमा शेयर खरिद बिक्री गर्ने काम मात्र गर्छन्।
फुल सर्भिस ब्रोकरको नेपालमा अहिले सम्म अवधारणा आउन सकेको छैन। फुल  सर्भिस ब्रोकरहरु खाली कारोबारमा मात्र सीमित हुँदैनन्। कारोबार सँगै उनीहरूले लगानीकर्तालाई परामर्श दिने काम , लगानीकर्ताको लगानी व्यवस्थापन गर्न सहयोग गर्ने गर्दछन्।
फुल  सर्भिस ब्रोकर कार्यालयमा रिसर्चको लागि छुट्टै जनशक्ति र शाखा स्थापना गरिएको हुन्छ। ग्राहकको आवश्यकता अनुरूप उनीहरूले ग्राहकको लागि अध्यन गर्ने गर्छन्।  भारतमा हेर्ने हो भने फुल सर्भिस ब्रोकरहरुले प्रतिशतमा कारोबार गर्ने गर्छन् भने डिस्काउन्ट ब्रोकरहरुले कारोबार सङ्ख्याको आधारमा कमिसन लिने गर्छन्।

नेपाली लगानीकर्ताले फुल सर्भिस ब्रोकरको कमिसन तिरेर डिस्काउन्ट ब्रोकरहरुले प्रदान गर्ने सेवा सुविधा प्राप्त गरिरहेका छन्। जो दुखको कुरा हो।

ढिलै भए पनि धितोपत्र बोर्डले दलाल व्यवसायीको वर्गीकरण गर्ने कुरा नीति तथा कार्यक्रममा समेटेको छ। यसले धितोपत्र व्यवसायलाई थप आधुनिक दिशा तर्फ उन्मुख गराउँछ। नीति कार्यक्रममा उल्लेखित यो विषयको कार्यन्वयनमा ढिलो गर्नु हुदैन।  दलाल व्यवसायीको स्तर उन्नति निकै जरुरी छ।  लगानीकर्ताले परामर्श , लगानी व्यवस्थापन जस्ता सबै सेवा सुविधा एकै ठाउँबाट प्राप्त गर्ने व्यवस्था मिलाउनु पर्दछ। आजको आधुनिक बजारमा धितोपत्र व्यवसायीलाई खाली शेयर खरिद बिक्री गर्ने रोबोर्टको रूपमा सीमित गर्नु हुँदैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS