काठमाडौं । मंगलबार नेप्से परिसूचक २८४६.३० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३०.३६ अंकले घटेको छ।
१२ अर्ब ९४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट १ अर्ब ३३ करोड २३ लाखको कारोबार भएको छ जसमा ७० करोड ९७ लाखको खरीद छ भने ६२ करोड २६ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४९ बाट ५६ करोड २ लाखको खरीद छ भने ६३ करोड ५१ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।


















