IME Life New

प्रिमियममा आइपीओ निष्कासन गरेका सिटिजन, आइएमई, रिलायबल र सन लाइफलाई दाँजेर हेर्दा !

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ, आइएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ प्रिमियममा आइपीओ निष्कासन गर्ने जीवन बीमा कम्पनी हुन्। चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणका आधारमा यी ४ जीवन बीमा कम्पनीलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययनः

Crest

चुक्तापुँजी

कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ भने आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ।

रिटेन्ड अर्निङ

सिटिजन लाइफको रिटेन्ड अर्निङमा ६३ करोड १७ लाख रुपैयाँ रहेको छ भने आइएमई लाइफको रिटेन्ड अर्निङमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ। त्यस्तै रिलायबल नेपाल लाइफको रिटेन्ड अर्निङमा ६६ करोड ४६ लाख रुपैयाँ र सन नेपाल लाइफको रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ रहेको छ।

शेयर प्रिमियम

सिटिजन लाइफको शेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने आइएमई लाइफको शेयर प्रिमियममा १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। त्यस्तै रिलायबल नेपाल लाइफको शेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने सन नेपाल लाइफको शेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

जीवन बीमा कोष

जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषको निकै महत्व रहेको हुन्छ। सिटिजन लाइफको जीवन बीमा कोषमा १३ अर्ब ७ करोड रुपैयाँ र आइएमई लाइफको जीवन बीमा कोषमा ८ अर्ब ९० करोड रुपैयाँ रहेको छ। त्यस्तै रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ९ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने सन नेपाल लाइफको जीवन बीमा कोषमा ६ अर्ब ९६ करोड रुपैयाँ रहेको छ।

कुल बीमाशुल्क आर्जन

सिटिजन लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने आइएमई लाइफले ३ अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै रिलायबल नेपाल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने सन नेपाल लाइफले २ अर्ब ७८ करोड कुल बीमाशुल्क आर्जन गरेको छ।

खुद बीमा बीमाशुल्क आर्जन

सिटिजन लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने आइएमई लाइफले ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै रिलायबल नेपाल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने सन नेपाल लाइफले २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिसन

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिटिजन लाइफले ४३ करोड ३५ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ भने आइएमई लाइफको ३१ करोड १७ लाख रुपैयाँ रहेको छ। त्यस्तै रिलायबल नेपाल लाइफले ३२ करोड ७८ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ भने सन नेपाल लाइफको २२ करोड ९७ लाख रुपैयाँ रहेको छ।

खुद नाफा

तेस्रो त्रैमाससम्म सिटिजन लाइफले २८ करोड १३ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा आइएमई लाइफले ३३ करोड १५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। त्यस्तै रिलायबल नेपाल लाइफले ३४ करोड २ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा सन नेपाल लाइफले ४९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मूल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मूल्यांकनपश्चात मात्र वास्तविक आउनेछ।

प्रतिशेयर आम्दानी (ईपीएस)

सिटिजन लाइफको वार्षिक प्रतिशेयर आम्दानी ९.५३ रुपैयाँ छ भने आइएमई लाइफको ११.०५ रुपैयाँ छ। त्यस्तै रिलायबल नेपाल लाइफको वार्षिक प्रतिशेयर आम्दानी ९.७८ रुपैयाँ छ भने सन नेपाल लाइफको २०.५७ रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थ

सिटिजन लाइफको प्रतिशेयर नेटवर्थ १७५.७२ रुपैयाँ छ भने आइएमई लाइफको १७७.२५ रुपैयाँ छ। त्यस्तै रिलायबल नेपाल लाइफको प्रतिशेयर नेटवर्थ १५५.७४ रुपैयाँ छ भने सन नेपाल लाइफको १९४.११ रुपैयाँ छ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS