IME Life New

प्राधिकरणले प्रस्ताव गरेकाे डिजिटल बीमालेख निर्देशिकामा के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणले जारी गरेकाे डिजिटल बीमालेख निर्देशिकाकाे मस्याैदामा बीमित पहिचान संकेत नम्बरकाे प्रावधान ल्याइएकाे छ। याे प्रावधान अन्तर्गत कुनै पनि बीमकले बीमितसँग काराेबार गर्दा विशेष पहिचान संकेत नम्बर उपलब्ध गराउँछ ।

संकेत नम्बरकाे आधारमा बीमितसँग हुनै सबैखाले काराेबार र गतिविधिकाे रेकर्ड बीमकले राख्नेछ। नेपाल सरकारले कार्यान्वयनमा ल्याएकाे राष्ट्रिय परिचयपत्र नम्बर जस्तै बीमकले उपलब्ध गराउने बीमित पहिचान स‌ंकेतबाट बीमककाे वेबसाइट वा एप्समा लगइन गरेर कुनै पनि बीमितले बीमा कम्पनीमा बीमालेख खरिद गर्नका लागी प्रस्ताव फारम भर्ने, बीमकले प्रस्ताव प्राप्त गर्ने मूल्यांकन गर्ने, स्वीकृत गर्ने र बीमितले बीमाशुल्क भुक्तानी गरेपछि बीमालेख जारी गर्ने सम्मकाे प्रकृया डिजिटल माध्यमबाट नै हुनेछ । यसरी जारी गरिएकाे बीमालेख बीमितले बीमककाे वेबसाइट वा एप्समार्फत् वा इमेलमार्फत् डिजिटल स्वरूपमा नै प्राप्त गर्नेछन् ।

Esewa
Crest

यसबाहेक पहिचान संकेत नम्बरकाे आधारमै बीमितले खरिद गरेकाे सम्पूर्ण बीमालेखहरुकाे विवरण, बीमाशुल्क किस्ता भुक्तानी मिति, भुक्तानी गरेकाे रकम, कर्जा लिएकाे भए कर्जा रकम, बीमितले पाउने बाेनश, समर्पण मूल्यलगायतका सम्पूर्ण विवरण सहितकाे जानकारी प्राप्त गर्न सक्छ।

नेपालको बीमा क्षेत्रमा डिजिटल प्रविधि मैत्री सेवाको आवश्यक्ताः दिगविजय सिंघलकाे लेख

प्रस्तावित निर्देशिका हुबहु कार्यान्वयनमा आएकाे अवस्थामा बीमा कम्पनीकाे कार्यालयमा बीमितकाे भाैतिक उपस्थिति बिना नै विद्युतीय माध्यमबाटै बीमालेख बिक्री गर्न सक्नेछ । अभाैतिकरुपमा बीमालेख प्रस्ताव प्राप्त गर्ने र बीमालेख जारी गर्ने प्रणालीले डिजिटल बीमालेख निर्देशिकाले बीमा कम्पनीका लागी प्रवासी नेपालीकाे समेत बीमा गर्न सकिने गरी बाटाे खुल्ला गरिदिनेछ।

डिजिटल बीमालेखमा बीमककाे तर्फबाट विद्युतीय हस्ताक्षर(डिजिटल सिग्नेचर)काे प्रयाेग हुनेछ । डिजिटल सिग्नेचर भनेकाे हस्ताक्षरलाई स्क्यान गरेर बीमालेखमा छाप्ने नभई कम्प्युटर सफ्टवेयरका माध्यमबाट सिर्जित विशेष पहिचान स‌ंकेत हाे । विद्युतीय माध्यमबाट काराेबार गर्दा यस्ताे पहिचान संकेतलाई मान्यता दिइन्छ।

बीस लाखसम्मकाे बीमा डिजिटल माध्यमबाटै

प्राधिकरणले डिजिटल इन्स्याेरेन्स पाेलिसी गाइडलाइन्स २०७९  नाम दिएकाे निर्देशिकाकाे मस्याैदामा जीवन बीमा कम्पनीले बीस लाख रूपैयाँ बीमांकसम्मकाे बीमालेख डिजिटल माध्यमबाट बिक्री गर्न पाउने प्रावधान प्रस्ताव गरेकाे छ । यस बाहेक म्यादी जीवन बीमालेखकाे हकमा स्वास्थ्य र वित्तीय जाेखिमांकनकाे सीमासम्म बीमालेख जारी गर्न पाउने प्रावधान राखिएकाे छ । यसैगरी निर्जीवन बीमकले दुर्घटना, स्वास्थ्य, यात्रा स्वास्थ्य, सवारी र सम्पत्ती बीमा अन्तर्गत जुनसुकै बीमांककाे बीमालेख डिजिटल माध्यमबाट बिक्री गर्न पाउनेछन् ।

निर्देशिकामा कागजी बीमालेख प्राप्त गरेका बीमितले माग गरेकाे अवस्थामा बीमकले डिजिटल स्वरुपमा समेत बीमालेख उपलब्ध गराउनुपर्ने प्रावधान छ। बीमकले पुराना बीमालेखहरु पनि क्रमशः डिजिटल बीमालेखमा रुपान्तर गर्दै लैजानुपर्नेछ। यसबाहेक बीमालेख सम्बन्धी परिपक्व दाबी, जीवित अवधि दाबी, आ‌ंशिक दाबी, अग्रिम भुक्तानी, बीमालेख कर्जा, बीमालेख समर्पणलगायतका सेवा समेत डिजिटल माध्यमबाटै प्राप्त गर्न सकिने सुविधा समेत उपलब्ध गराइनेछ।

डिजिटल बीमालेख निर्देशिकाकाे मस्याैदामा बीमितले अभिकर्ताकाे स‌ंलग्नता बिना नै सिधै बीमालेख खरिद गर्न सक्ने सुविधा समेत छ । यसरी प्रत्यक्षरूपमा बीमालेख खरिद गर्दा बीमितले कमिशनवापतकाे रकममध्ये निश्चित रकम छुट प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS