IME Life New

प्राधिकरणका ५ सहायक निर्देशक उप निर्देशकमा बढुवा, तीन जनाले पाए प्रादेशिक कार्यालय प्रमुखको जिम्मेवारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५ सहायक निर्देशकलाई उप निर्देशक पदमा बढुवा गरेको छ । प्राधिकरणले राजेन्द्र महर्जन, पुर्ण बहादुर थापा, विनोद कुमार पोखरेल, निर्मला मल्ल र प्रीति देवलाई उप निर्देशक पदमा बढुवा गरेको हो ।

कार्यक्षमताको मूल्याङ्कनद्धारा अधिकृत द्धितिय श्रेणीमा बढुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत मंसिरमा विज्ञापन आह्वान गर्दै कार्यक्षमताको मूल्याङ्कनद्धारा हुने बढुवाको लागि दरखास्त आह्वान गरेको थियो । कर्मचारी सेवा सर्त विनियमावली बमोजिम कार्यसम्पादन मूल्याङ्कन बापतको औषत अंङ्क, जेष्ठता बापतको अंङ्क, शैक्षिक योग्यता तथा सेवाकालिन तालिमको अंङ्क समेतकव कुल योगको आधारमा सबैभन्दा बढि अंङ्क प्राप्त गर्ने उम्मेदवारलाई नियुक्ति दिइएको हो ।

Crest

आवेदक मध्ये सबैभन्दा तल्लो वरियताको प्रीति देवले ७२.७०१ अंक प्राप्त गर्दै आफु भन्दा सिनियरलाई उछिनेर सहायक निर्देशबाट उप निर्देशकमा नाम निकाल्न सफल भएकी छिन् । वरियतामा सबैभन्दा अगाडी रहेका प्रदिप गौतम भने यस पटक पनि उप निर्देशक पदमा बढुवा हुन सकेनन् । त्यस्तै धेरै लामो समयदेखि उप निर्देशकको प्रतिक्षामा रहेका राजेन्द्र महर्जन भने यस पटक उप निर्देशक पदमा बढुवा हुन सफल भएका छन् ।

प्राधिकरणले बढुवा सँगै सबैलाई प्रादेशिक कार्यालयको जिम्मेवारी दिएको छ । अहिले कर्णाली प्रदेश कार्यालयमा कार्यरत राजेन्द्र महर्जनले अव गण्डकी प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी पाउने भएका छन् । अहिले बढुवा भएका पुर्ण बहादुर थापालाई लुम्बिनी प्रदेश कार्यालय बुटवलमा पठाइने भएको छ । उनले लम्बिनी प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी पाउने छन् । त्यस्तै विनोद कुमार पोखरेलले प्रदेश एक विराटनगर कार्यालयको प्रमुखको जिम्मेवारी पाउने छन् ।

प्राधिकरणले यस भन्दा अगाडी पनि स्थापना भएका तीन प्रदेश कार्यालयको प्रमुखमा बढुवा भएकै उप निर्देशकलाई खटाएको थियो । प्रदेश कार्यालयमा जाने क्रममा विवाद आउने देखे पछि प्राधिकरणले बढुवा दिदै पठाउदै गरेको हो । अव ६ वटै प्रदेश कार्यालयका प्रमुख तत्काल उप निर्देशक पदमा बढुवा भएका कर्मचारी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS