IME Life New

प्रभु महालक्ष्मी लाइफको मुटुरोग शिविरबाट ५ सय सर्वसाधारण लाभान्वित

SPIL
प्रभू महालक्ष्मी लाइफले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको निःशुल्क मुटुरोग जाँच शिविर
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शनिबार नागार्जुनमा सञ्चालन गरेको मुटुरोग जाँच शिविरबाट पाँच सयभन्दा बढी स्थानीयबासिन्दा लाभान्वित भएका छन् ।

वडा नम्बर १ को कार्यालय परिसरमा सञ्चालित शिविरमा ओम अस्पतालका मुटुरोग विशेषज्ञ डा. कमल लम्सालको नेतृत्वमा रहेको सात सदस्यीय चिकित्सक टोलीले बिरामीको मुटुको स्वास्थ्य परिक्षण गरेको थियो।

Crest

शिविरमा सहभागिहरूलाई निःशुल्क औषधी समेत वितरण गरिएको इन्स्योरेन्सले जानकारी दिएको छ।

आठौं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा नायब प्रमुख कार्यकारी किशोर प्रसाद लामिछाने,नायब महाप्रबन्धक सोन बहादुर मगर, सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेल, सहायक प्रबन्धक बिनोद घिमिरे लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS