IME Life New

प्रभु बैंकद्धारा वाढीपिडित उद्धार कोषमा पाँच लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले बागलुङको बाढी पहिरोले क्षतिग्रस्त भएको ठाँउको निरीक्षण गर्दै नगरपालिकालाई वाढीपिडित उद्धार कोषमा रहने गरि । पाँच लाख सहयोग प्रदान गरेका छन् ।

आज बिहिबार बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री राम शरण बस्नेतबाट बिशेष निरिक्षण भएको थियो ।

Esewa
Crest

उक्त अवसरमा बाढी प्रभावित बोबाङ वडा अन्तर्गतका स्थानियहरु संग वहाहरुले प्रत्यक्ष भेटघाट गर्नुभयो । स्थानियहरुको समस्या बुझी शीघ्र उक्त ठाउहरुमा केन्द्रिय बिद्युत प्रसारण लाईनको सेवा पुर्याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहका लागि कार्यालय स्थापना गर्ने जानकारी समेत दिएको छ ।

करिब ३७ जनाले ज्यान गएको, विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन् ।

बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राख्नु भएको थियो । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्धारा नगरपालिकालाई वाढीपिडित उद्वार कोषमा रहने गरि रु। ५००,०००र– सहयोग प्रदान गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS