IME Life New

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको १६ दशमलव ८४२ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा अपराह्न २ बजे सुरु हुने बैंकले जनाएको छ ।

मंसिर ६ गते साधारण सभा बोलाएको यस बैंकले (कात्तिक २६ गते) बुक क्लोज गर्दैछ । त्यसकारण सोमबारसम्म कायम सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् ।

Crest

बैंकले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८४२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

सभामा बैंकले सेयर ब्रोकरको काम गर्न सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि लैजानेछ । साथै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा छ ।

बैंकले हाल कायम ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँ चुक्ता पुँजीमा १६५ बोनस सेयर लाभांशको रुपमा वितरण गर्न लागेको हो । बोनस वितरणपछि पुँजी १० अर्ब ३१ करोड ५५ लाख २ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS