IME Life New

प्रभु बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४८ दशमलव ५४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७८ दशमलव ६२ प्रतिशतले बढेको छ । बैंकको सञ्चालन मुनाफा ४७ दशमलव ५२ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रहेको छ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब १८ करोड २५ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकको निक्षेप ६१ दशमलव ८२ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको कर्जा लगानी ६३ दशमलव ८५ प्रतिशतले बढेको छ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९७ पैसा घटेर १२ रुपैयाँमा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३।३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS