IME Life New

प्रभु पेको अफरै अफर, ५ सयको कारोवारमै १ लाखको बीमा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु पेले चार्डपर्वलाई लक्षित गर्दै विभिन्न आफरहरु ल्याएको छ । प्रभु पेले जहाँजहाँ नेपाली त्यहाँ त्यहाँ प्रभु’ भन्ने नाराका साथ निरन्तर सेवामा समर्पित गर्दै यस्तो अफर ल्याएको जनाएको छ ।

प्रभु ग्रुप अन्तर्गत प्रभु टेक्नोलोजीले आधुनिक, सरल, सुरक्षित तथा अधिकतम छुटको व्यवस्था भएको सम्पूर्ण वित्तिय कारोवारको लागि भरपर्दो सेवाका रुपमा रहेको प्रभु पे मोबाइल एपको प्रयोगकर्ताका लागि ‘प्रभु पे चाडपर्व बीमा योजना’ ल्याएको जनाएको छ ।

Esewa
Crest

विभिन्न समयमा विभिन्न संघ संस्था र व्यवसायसँग सहकार्य गर्दै जनमुखी सेवा पुर्याउँदै आइरहेको यस प्रभु टेक्नोलोजी को स्वामित्व रहेको प्रभु पे मोबाइल एपबाट भुक्तानी गर्ने ग्राहकको लागि एक लाख सम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध गराएको छ ।

यस वीमाको सम्पूर्ण प्रिमियम शुल्क प्रभु पे आफैले व्यहोर्ने छ । यस बीमा अन्तर्गत मृत्यु र स्थायी अपांगता हुँदा विमित व्यक्तिले क्षतिपूर्ति प्राप्त गर्नेछन् । वीमामा सहभागी हुन प्रभु पे मोबाइल वालेट प्रयोगकर्ताले प्रभु पे मोबाइल एपमा उल्लेखित व्यक्तिगत पहिचान फाराम अर्थात केवाइसी भरेको हुनुपर्ने जनाएको छ ।

त्यस्तै, प्रभु टि.भी वा एनसेल मध्ये कुनै एक सेवा उपयोग गरी पाँच सय रुपैयाँ वा सो भन्दा माथि कारोवार गर्नेे वालेट प्रयोगकर्ता यस योजनामा समावेश हुनेछन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS