IME Life New

प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट इन्टरनेशनल कलेजबीच एमओयु सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट इन्टरनेशनल कलेजका बिबिए डाईरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका हुन् ।

देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरुलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्नेगरी सो आपसी समझदारी पत्रमा सम्झौता भएको हो ।

Crest

सो सम्झौता अनुसार प्रभु क्यापिटलले सो कलेजको व्यवस्थापन विभागको बिबिए तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने हेतु प्रभु क्यापिटलले शेयर बजार सम्बन्धी विभिन्न तालिम प्रदान गर्ने तथा विभिन्न सेवामा सहुलियत दिने साथै कलेजले क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने लगायतका विषय समेटेर सो कलेजका व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरुसँग सहकार्य गर्ने सम्झौता भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS