IME Life New

प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न, व्यवसायमा मद्दत गर्न संचयकोष सँग अध्यक्ष लामाको आग्रह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले बिहीबार २५ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो । सभामा शेयरधनीहरुले जुम मार्फत आफ्नो विचार राखेका थिए । अधिकाम्स शेयरधनीहरुले कम्पनीको वित्तीय सुधारलाई लिएर धन्यवाद दिनुका साथै आगामी आर्थिक वर्षमा अझै धेरै प्रतिफल दिन अनुरोध गरेका थिए ।

शेयरधनीहरुले प्रभु इन्स्योरेन्सको प्रतिस्पर्धी सगरमाथाले धेरै राम्रो लाभांस दिइरहेकोले प्रभुलाई पनि आकर्षक लाभांस दिन सुझाव दिएका थिए । शेयरधनीको सुझावलाई संवोधन गर्दै अध्यक्ष लामाले सगरमाथाले गएको वर्ष कुनै पनि प्रतिफल दिएको थिएन तर प्रभु इन्स्योरेन्सले हरेक वर्ष निरन्तर रुपमा लाभांस दिइरहेको दाबी गरिन् । शेयरधनीहरुले अन्य कम्पनीहरु सँग तुलना गरेर स्थान गणना गर्दै गर्दा लामाले अहिले धेरै राम्रा भनिएका कम्पनीहरुले पनि सुरुवातमा लाभांस दिन नसकेको कुरालाई पनि हेरिदिन आग्रह गरिन् । उनले भनिन् ‘अन्यले अहिले धेरै लाभांस दिए भन्दै गर्दा प्रभुले गएका वर्षमा वितरण गरेको लाभांसलाई पनि हेरिदिनु होला । जसले गर्दा प्रभुमा तपाईले गर्नु भएको लगानी प्रति गर्भ लाग्ने छ ।’

Crest

प्रभु इन्स्योरेन्सले दाबी भुक्तानीमा गरेको कामलाई लिएर नियामक निकाय बीमा सहितिले पनि सर्हाना गरेकाले यसलाई पनि बुझिदिन लामाले अनुरोध गरेकी छिन् ।

इन्स्योरेन्स कम्पनीले बीमा पोलिसी नविकरण गर्न गार्ह्रो परिरहेको सन्दर्भमा प्रभुले पुर्ण रुपमा डिजिटलाइज गर्न लागिपरिरहेको लामाले जानकारी दिइन् । शेयरधनीहरुले आगामी आर्थिक वर्षमा २० प्रतिशत लाभांसको ग्यारेन्टी गर्न माग गरेका थिए । यसका लागि सबैले हातेमालो गरेमा मात्रै सम्भव रहेको होइन भने दोहोरो अंकको लाभांस वितरणमा कुनै समस्या नरहेको लामाले प्रतिवद्धता व्यक्त गरिन् ।

लामाले साधारणसभामा शेयरधनीहरुलाई संवोधन गर्ने क्रममा कर्मचारी संचयकोष सँग व्यवसाय विस्तारका लागि आह्वान गरेकी छिन् । उनले भनिन् ‘कर्मचारी सञ्चयकोषले माया गरेर जसरी शेयर पूँजी बढाउनु भएको छ त्यसै गरि हाम्रो व्यवसाय बढाउन पनि लागि पर्नु भयो भने हामी खुसी हुने थियौ ।’ उनले थपिन ‘हामीले कर्मचारी सञ्चयकोषलाई पटक पटक विजनसेजमा सहभागी गराउनुहोस भनिरहेका छौ । तपाईहरुको यति धेरै क्षेत्राधिकार छ । त्यसको कुनै न कुनै स्थानमा हामीलाई सहभागि गराउनु पर्यो । तपाईहरुले आफ्नो क्षेत्राधिकार भित्रको एक प्रतिशत मात्रै व्यवसाय दिनु भयो भने २० प्रतिशत होइन ५० प्रतिशत लाभांस दिन सक्छौ ।’

सभामा अधिकाम्स शेयरधनीहरुले कम्पनीलाई रजत जयन्ती भव्यताका साथ मानाउन आग्रह गरेका छन् । अहिले कोभिड १९ को महामारीको समयमा कार्यक्रम गर्न नमिल्ने भए पनि अवस्था सहज भए पछि २५ औ वर्षको खुसी साटासाट गर्न अनुरोध गरेका हुन् ।

साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै बोनस शेयरको कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांस पनि पारित गरेको छ । सभाले वर्तमान लेखापरीक्षक मदन निरौला एण्ड कम्पनीलाई पुनः नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले प्रवन्धपत्रको दफा घ मा कम्पनीको उद्देश्य अन्तर्गत सामुहीक लगानी कोष योजना संचालन गर्ने गराउने विषय पनि थप गरेको छ । सभाले सञ्चालक समितिको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS