IME Life New

प्रभु इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन घट्यो, अन्य सूचक कस्तो?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिमा खुद बीमाशुल्क आर्जन ३ प्रतिशतले घटेको छ ।

कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा ४९ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ५० करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

Esewa
Crest

त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २५ करोड ४० लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १ दशमलव १५ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ६ हजार ५सय ७७ वटा दाबी वापत २६ करोड ९४ लाख रुपैंया भुक्तानी गरेको छ ।कम्पनीको चुक्ता पुँजी १ अर्ब माथि रहेको छ भने जगेडा कोषमा २१ करोड ८६ लाख रुपैंया संचित रहेको छ भने बीमा कोषमा ७० लाख ४२ हजार रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ७९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS