IME Life New

प्रथम त्रैमासमा निर्जीवन बीमकहरुको खुद व्यापारमा झिनो वृद्धि, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज)सम्म साढे ३ अर्ब ६५ करोड रुपैयाँ बढीको खुद व्यापार गर्न सफल भएका छन्।

चालु आर्थिक वर्षको असोजसम्मको अपरिकृष्त वित्तीय विवरण अनुसार १४ वटा निर्जीवन बीमकले ३ अर्ब ६५ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोजसम्म कम्पनीहरुले ३ अर्ब ६५ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको खुद व्यापार ०.१२ प्रतिशतले बढेको छ।

Esewa
Crest

बीमांकीय मूल्यांकन नभएको त्रैमासिक अवधिको असमाप्त जोखिबापतको व्यवस्थाअनुसार सुरुको असमाप्त जोखिमबापत व्यवस्थाको ७५ प्रतिशत रकम र पहिलो त्रैमासको खुद बीमाशुल्कको ८७.५ प्रतिशत रकम रहने व्यवस्था रहेको छ।

अघिल्लो वर्षको तुलनामा चालु वर्षको असोजसम्म ९ वटा निर्जीवन बीमकको व्यापार बढेको छ भने ५ वटाको घटेको छ। सर्वाधिक व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने व्यापार वृद्धिको हिसाबले प्रभु इन्स्योरेन्स अगाडि रहेको छ।

समीक्षा अवधिसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५६ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६२ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ८.३३ प्रतिशतले घटेको छ।

युनाइटेड अजोड इन्स्योरेन्स दोस्रो सर्वाधिक व्यापार भित्र्याउने कम्पनी बनेको छ। यो कम्पनीले चालु वर्षको असोजसम्म ३४ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष असोजसम्म कम्पनीले २४ करोड ५५ लाख रुपैयाँको खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद व्यापार ४१.०३ प्रतिशतले बढेको छ।

तेस्रोमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले २४ करोड १२ लाख रुपैयाँ खुद व्यापार गरेकोमा समीक्षा अवधिमा ४३.४८ प्रतिशतले बढेर ३४ करोड ६१ लाख रुपैयाँको खुद व्यापार गर्न सफल भएको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको व्यापार घटेको छ। अन्य सबै कम्पनीको व्यापार बढेको छ।

व्यापार वृद्धिका हिसाबले प्रभु इन्स्योरेन्सको सर्वाधिक ४७.२५ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीले १७ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

सबैभन्दा कम राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ९.७० प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS