IME Life New

प्रतिस्पर्धी बन्दै आइएमई जनरल इन्स्योरेन्स खोल्यो ३३ औं शाखा काठमाडौंको टेकूमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाडौंकोे टेकू स्थित अम्बे कम्पलेक्समा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन मंगलबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन् । यो शाखा सहित कम्पनीले ३३ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

उक्त अवसरमा बीमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफनो उपस्थिती जनाउने कम्पनीले जनाएको छ । साथै, कम्पनीले लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ । सोही अवसरमा अध्यक्ष चापागाईले सबैले आ-आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यावसाय विस्तार गर्न पनि आग्रह गरेका छन् ।

Esewa
Crest

कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सम्पूर्ण बीमा सेवा प्रदान गर्ने जानकारी गराएका छन्।

कम्पनीले आ.ब. २०७४/०७५ को दोश्रो त्रैमास सम्ममा ४३ करोड बीमा शुल्क आर्जन र कूल लगानी ८५ करोड रुपैयाँ गरेको छ । सो अवधिमा कम्पनीले खुद नाफा ४ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको जानकारी दिइएको छ ।

अहिलेको आइएमई जनरल इन्स्योरेन्स समस्याग्रस्त बनेको कम्पनी एनबी इन्स्योरेन्सलाई २०७१ माघ ५ गतेदेखि आईएमई समूह लगायत अन्य व्यक्तिहरुले खरिद गरी नयाँ व्यवस्थापनमा २०७२ असारदेखि पुनः संचालनमा आएको कम्पनी हो, अहिले आइएमई जनरल इन्स्योरेन्स एउटा बजारमा प्रतिस्पर्धी र सम्भाना बोकेको इन्स्योरेन्सको रुपमा अगाडी बढ्दै छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS