IME Life New

प्रकाशकीय: बीमा क्षेत्रको बेथिति विरुद्ध निरन्तर खबरदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आम नागरिकको जीवनसँग प्रत्यक्षरुपमा जोडिएको बीमा क्षेत्रलाई पत्रकारिताको माध्यमबाट खबरदारी गर्दै बीमा सचेतनाको अभियानमा साझेदारको रुपमा स्थापित हुने मूल ध्येयका साथ स्थापित इन्स्योरेन्स खबर आज पाँचौँ वर्षमा प्रवेश गरेको  छ ।

कोरोना महामारीको प्रभावका बीच बीमा सेवामा सर्वसाधारणको पहुँच विस्तारमा संख्यात्मकरुपमा सफलता मिलेको छ। तर यो अपर्याप्त छ। बीमाबाट लाभ प्राप्त गर्नेको संख्या वृद्धिसँगै गुणात्मकतामा पनि ध्यान दिनु उत्तिकै अपरिहार्य छ।

Esewa
Crest

समग्र बीमा क्षेत्रलाई नियाल्दा  निर्जीवन बीमा क्षेत्रमा दाबी भुक्तानीमा समस्या मुख्य चुनौतीको रुपमा रहेको छ। जीवन बीमा सेवा क्षेत्रमा भने व्यवसायीक अभिकर्ताको खडेरी मुख्य चुनौतीको रुपमा देखा परेको छ। व्यवसायीक अभिकर्ता उत्पादनमा ध्यान केन्द्रित हुन नसक्दा बीमित ठगिएको महशुस गर्ने, बीमालेख व्यतित हुने समस्या झन् झन् चर्किदै गएको छ। २०७४ सालमा संचालनमा आएकामध्ये केही जीवन बीमा कम्पनीले  बीचमा  गुणस्तरीय अभिकर्ता उत्पादनमा निरन्तरता दिएको फलस्वरूप अहिलेको सकसपूर्ण अवस्थामा समेत नयाँ व्यवसाय वृद्धि मात्र नभएर नविकरण बीमाशुल्क संकलनमा समेत उल्लेख्य प्रगति हासिल गर्दै पुरानालाई समेत चुनौती दिन सक्षम भएका छन्।

नियामक निकायको रुपमा बीमा समितिले‌ समग्र बीमा क्षेत्रमा थिति बसाल्न थालेको प्रयास सह्राहनीय छ। थिति बसाल्ने घोषणा गरेर नीति ल्याएजस्तो गर्ने तर मूल ध्येय कुनै स्वार्थ समूहलाई पक्षपोषण गर्ने प्रवृत्तिले समितिको छबि धमिल्याउँछ भन्ने हेक्का राख्नु जरुरी छ।

बीमा सेवा क्षेत्रलाई दीर्घकालसम्मका लागि सबल र सक्षम बनाउनको लागि नियामक निकायलाई सुझाव दिने मात्र नभएर स्वेच्छाचारिताविरुद्ध खबरदारी गर्ने नीतिमा हामी निरन्तर अडिग रहँदै आएका छौं।

विभिन्न आरोह अवरोह पार गर्दै यहाँ सम्मको यात्रा तय गर्न अटुट सहयोग गर्नुहुने हाम्रा पाठक, दर्शक, विज्ञापनदाता, विज्ञापन एजेन्सी, सबै सहयोगी एवं शुभेच्छुक महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

साथै नव वर्ष २०७९ सालको सुखद अवसरमा देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु । धन्यवाद !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS