IME Life New

प्रकाशकीय: तेस्रो वर्ष प्रवेशको अवसरमा हाम्रो प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खवर डट कम आजदेखि दुई वर्ष पूरा गरी तेस्रोमा लागेको छ । तेंस्रो वर्षमा प्रवेश गरेको शुभ अवसरमा क्यापिटल न्यूज नेटवर्क प्रालिको तर्फबाट हाम्रा सम्पूर्ण पाठकवृन्द, विज्ञापनदाता, विज्ञापन एजेन्सी, कर्मचारी साथीहरु तथा शुभेच्छुकलगायत सबै सहयोगीमा हार्दिक शुभकामन व्यक्त गर्दछु ।

बीमा क्षेत्रको प्रतिनिधित्व गर्ने सञ्चार माध्यमहरु नै नभएको र मूलधारका सञ्चार माध्यमहरुले समेत बीमालाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण नहुने अवस्थामा सुरु गरिएको हाम्रो यात्राले आजसम्म आइपुग्दा सफलता प्राप्त गरेको अनुभूति भइरहेको छ । दुई वर्षको यात्रा सिक्ने, बुझ्ने र लामो यात्रामो डोब खन्नका लागि पर्याप्त त होइन । तरपनि हामी आम सर्वसाधारण, बीमित, बीमा कम्पनी, नेपाल सरकार र बीमा समितिबीचमा सुचना प्रवाह गर्ने शसक्त माध्यमको रुपमा नेपाली बीमा क्षेत्रमा स्थापित हुन सफल भएकोमा गर्व अनुभूति भएको छ ।

Esewa
Crest

यसअवधीमा नेपाली बीमा क्षेत्रमा इन्स्योरेन्स खवरले एउटा अलग पहिचान बनाउन सफल भएको छ । नेपाली बीमा व्यवसायको संबद्र्धन, उत्थान र पुनर्संरचनाका लागि इन्स्योरेन्स खवरले खेलेको भूमिका समग्र बीमा क्षेत्रकै लागि स्मरणयोग्य बन्न पुगेको छ । बीमा समितिलाई नियमनको कोणबाट होस् वा बीमा कम्पनीहरुलाई बीमा सेवा प्रवाह तथा व्यवसाय प्रबद्र्धनको हिसाबले होस वा बीमितको अधिकारको लागि इन्स्योरेन्स खवर अनलाईन पोर्टलले सशक्त भूमिका खेल्न सफल भएको अनुभूति हामीले गरेका छौं ।

बीमा व्यवसायलाई आम जनताको जीवनसँग जोड्न एउटा सशक्त मिडियाको भूमिका आवश्यकता थियो । इन्स्योरेन्स खवरको स्थापनापछि रिक्त सो स्थान पूर्ति भएको हामीले ठानेका छौं । इन्स्योरेन्स खवर बीमित, बीमा कम्पनी, नेपाल सरकार र बीमा समितिबीचको पुल बनेर आपसमा जोड्दै सिंगो बीमा क्षेत्रको समृद्धि हाम्रो एक मात्र लक्ष्य हो । नेपाली बीमा क्षेत्रको समृद्धिबाट मात्रै मुलुकको अर्थतन्त्र सम्पूर्ण हिसाबले पूर्ण हुन सक्दछ । सिंगो बीमा क्षेत्र बलियो बनेको अवस्थामा मात्रै मुलुकको अर्थतन्त्र बलियो बन्नेछ भन्ने हाम्रो ठम्याई छ । त्यसैले बीमा क्षेत्रबाट देशको लागि योगदान पुर्याउने अभियानमा इन्स्योरेन्स खवर सधैं तत्पर रहँदै आएको छ र आगामी दिनमा पनि यसैगरी योगदान पुर्याईरहनेछ ।

आगामी दिनमा इन्स्योरेन्स खवरलाई अझै समृद्धि, अझै उत्तरदायी बनाउँदै सिंगो बीमा क्षेत्रको समृद्धिमा केन्द्रीत हुने प्रतिबद्धता आजको यस शुभ अवसरमा व्यक्त गर्दछु । आजसम्मको हाम्रो यात्रामा सघाउनुहुने पाठकबृन्द, विज्ञापनदाता तथा रचनात्मक सुझाव दिनुहुने शुभेच्छुकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दछौं । बीमा क्षेत्रको मूलधारको मिडिया हुनुको नाताले सबैलाई समान व्यवहार, समान प्रतिनिधित्व र पत्रकारिताको आदर्श, मूल्य र मान्यताभित्र रहेर बीमा व्यवसायको सम्बद्र्धन हाम्रो मुख्य लक्ष्य हुनेछ । तपाईहरुका रचनात्मक सुझाव हाम्रा प्रेरणाका स्रोत हुन् भन्ने कुरालाई समेत बिर्सने छैनौं ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबाट नेपाली बीमा क्षेत्रलाई सुरक्षित राख्न हामी सबै प्रकारको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

साथै सम्पूर्ण नेपालीहरुको नयाँ वर्ष २०७७ सालको पावन अवसरमा देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु ।  धन्यवाद !

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS